ताजा खबर

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एम आर आई सेवा उद्घाटन

   ११ चैत्र २०७५, सोमबार ०७:४९      2,396 views

हुम तमु

पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शुरु गरिएको एम आर आई सेवाको नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको छ। आइतवार अस्पतालमा एक कार्यक्रमका विच मन्त्री यादवले रिबन काटेर एम आर आई सेवाको विधिवत उद्घाटन गर्नुभएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पश्चिम नेपालको मात्रै नभएर नेपालकै गौरबको प्रतिष्ठान बनाउन सबैको सहकार्यको लागि आग्रह गर्नुभयो। गतवर्षको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ४.४ प्रतिशत बजेट विनियोजन गरिएकोमा ४ प्रतिशत तलबभक्ता र ०.४ प्रतिशत मात्रै स्वास्थ्य सेवाका लागि भएकाले स्वास्थ्य क्षेत्रले फड्को मार्न नगसकेकोले अहिलेको बजेटमा स्वास्थ्य क्षेत्रमा करिब १० प्रतिशत बजेट छ्ुट्याउनुपर्छ भन्नुहुदै राज्यको श्रोत साधनले मात्रै नभई गैरसरकारी, दाताहरुबाट स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा उहाँको आग्रह थियो।

२१ हजार चिकित्सक आवाश्यक भएको नेपालमा १४ सय चिकित्सकले सेवा पुर्याइरहनु भएको जानकारी दिनुहुदै जनशक्ति, श्रोत साधनको अधिकतम उपयोग गर्दै जनतालाई गुणस्तरीय सेवाका दिनुपर्ने उहाँको भनाई थियो।

विकासको योजना बनाऔं, चरणगत विकासलाई जोड दिदै उहाँले काठमाण्डौं पछिको गुणस्तरीय स्वास्थ सेवा, सुविधा सम्पन्न र पठन पाठन तथा अनुसन्धान हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न सरकार जुटिरहेको उहाँको भनाई थियो।

एम आर आई सेवाको उद्घाटन पश्चात प्रतिष्ठानका सहकुलपति समेत रहनु भउका मन्त्री यादवले सरकारी अस्पतालहरुमा उपकरण छिटो विग्रने र मर्मत गर्न नसक्ने किन हुन्छ भनि प्रश्न गर्नुहुदै एकपटक सरकारी र निजी अस्पतालमा शुरु गरिएको उपकरण नीजीले सेवा दिइरहेको हुन्छ सरकारी थन्केर बस्नुको अर्थ केहो भन्दै हिफाजत र समयमै मर्मत संभार जरुरी रहेको बताउनुभयो।

वगरको मुटु केन्द्र स्थापना गर्ने जग्गमा आवाश्यक भवन, उपकरण र जनशक्तिका लागि पहल हुने बताउनुहुदै यो वर्ष डिपिआर तयार गरी बहुवर्षिय योजनामा समावेश गर्ने उहाँको भनाइ थियो।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले फागुनदेखि एम आर आइ सेवा शुरु भए पनि औपचारिक उद्घाटन मन्त्रीज्युबाट आइतबार मात्रै गरिएको बताउनुभयो। अब सिटी क्यान, स्नातकोत्तर तहको अध्ययनका लागि तयारी पुरा भएकाले अध्ययन अध्यापनका लागि अनुमतिको माग गर्नुभयो। उद्घाटन कार्यक्रमका अस्पतालका कार्यकारी निर्देशक अजुृर्न आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284