ताजा खबर

पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन सकियो

   १४ बैशाख २०७६, शनिबार १६:४४      2,356 views

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ ।

मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने मागसहितको घोषणापत्र जारी गरेको छ ।

त्यस्तै, मिडिया सबलीकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरूको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवि पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने र गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन, यस प्रदेशको समृद्धिका लागि पत्रकारितामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धनलगायतका विषयहरूलाई उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने पोखरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्र महासंघको प्रदेश समितिका सल्लाहकार रवीन्द्र बाँस्तोला, सल्लाहकार नवराज सुवेदी, महासचिव गणेश पौडेल र स्याङ्जा जिल्ला अध्यक्ष ओमप्रकाश शर्माले तयार गर्नुभएको थियो । मिडिया सम्मेलनको दोस्रो तथा अन्तिम दिन पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो ।

पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले सहभागिता जनाउनुभयो । छलफलमा सहभागिता जनाउँदै पर्यटनमन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार र जनशक्ति अभाव रहेको भन्दै मन्त्री लम्सालले तालिम मात्रैले जनशक्ति तयार नहुने भएकाले पर्यटन विश्वविद्यालय नै स्थापना गर्नुपर्ने धारणा राख्नुभयो । प्रदेश सरकारले व्यवस्थित कार्ययोजना बनाएर अघि बढेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेका काममाथि विश्वास गर्न आग्रह गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं पर्यटनकर्मी पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्का दुई पाटा भएको उल्लेख गर्नुभयो । राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको आरोप लगाउँदै पालिखेले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकास पनि उत्तिकै आवश्यक भएको उहाँको भनाइ छ । छलफलमा सहभागी विभिन्न पर्यटन व्यवसायी एवं पत्रकारहरूले मन्त्री लम्साल र पूर्वअध्यक्ष पालिखेसँग विभिन्न जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेलले गर्नुभएको थियो । मिडिया सम्मेलन सफल बनाउन गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, नेपाल भ्रमण वर्ष २०२० ले सहयोग गरेका हुन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284