ताजा खबर

पाँच महिनाभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ ः मन्त्री आले

   ३० चैत्र २०७८, बुधबार १८:२०      744 views

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिना भित्रमा पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने बताएका छन् ।

पोखरामा आजबाट शुरु भएको १७औं फेवा नव वर्ष महोत्सव महोत्सवको उद्घाटन गर्दै मन्त्री आलेले विमानस्थलको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको जानकारी गराउँदै विमानस्थल संचालनका लागि अवरोधका रुपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए ।


क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) सँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउँछु, उनले भने ।
यससँगै पोखराको ल्याण्डफिल साइट नयाँ स्थानमा व्यवस्था गर्न समेत उनले पोखरा महानगरलाई आग्रह गरे ।


यस्तो काम छिटो गरे विमानस्थल समयमै संचालनमा ल्याउन सहज हुने उनको भनाई थियो । लेकसाइड स्थित रत्न मन्दिर र हिमागृह नयाँ वर्षको वैशाख महिना भित्र संचालनमा ल्याइने उनले प्रतिबद्धता जनाए । यी क्षेत्र सर्वसाधरणका लागि खोल्न तीव्र माग रहँदै आएको छ । सर्वसाधरणका लागि खोल्ने भन्ने वाक्यांश नभनी उनले संचालनमा ल्याइने बताए ।

कोभिड– १९ सँगै पर्यटन र खासगरी होटल क्षेत्र निकै मारमा परेको आफूले महसुस गरेको पनि उनले बताए । यही बेला अर्थतन्त्र समेत धरासायी बन्दै जानु दुःखद भएको उनको भनाई थियो ।
बतास समूहलाई नारायणहिटीमा ६ आना जग्गा दिइएकोमा १४ रोपनी भोगचलन गर्न थालेपछि आफू कार्वाहीमा उत्रिएको पनि उनले सो अवसरमा सुनाए ।


पोखराको पर्यटन बसपार्क औपचारिक रुपमा संचालनमा ल्याउन निर्देशन दिंदै उनले पोखरामा सम्पन्न हुन लागेको एड्भेञ्चर टुरिजम मार्टका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने विषयलाई आगामी बजेट अघिको नीति तथा कार्यक्रममा समेट्ने पनि उनले बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284