ताजा खबर

पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम हुने

   १० पुष २०७५, मंगलवार १८:५८      2,463 views

पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा ‘पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ आयोजना गर्ने भएको छ ।
पोखरा सभागृहमा माघ ५ गते हुने सो कार्यक्रममा पाल्पाली कलाकारद्वारा सांगीतिक कार्यक्रम तथा अग्रजलाई सम्मान गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

साथै, पाल्पाको मौलिक लोकसंस्कृति प्रचारप्रसार गर्दै जिल्लामा पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउने कार्यक्रमको मूल उद्देश्य रहेको उनले बताए । सो अवसरमा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिने छ । यस्तै, पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिने छ भने पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक लगायत खानाका परिकारका स्टल समेत रहने छन् ।
कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, गायक तथा कलाकारहरु नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, नवीन पौडेल, इन्द्र जिसी लगायतलाई सम्मान गरिनेछ ।

पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएकोमा उनीहरुलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक अनन्त अधिकारीले बताए ।
कार्यक्रमबाट बचत रकम पाल्पाली कल्याणकारी कोषमा जम्मा गरिने समाजका संरक्षक एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले बताए । सिटिजन फर्निचर ट्रेड लिंकले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ । लिंकका संचालक दीपक कार्कीले यो कार्यक्रम सम्पूर्ण पाल्पालीको पहिचान हो भने ।
यस्तै, पाल्पामा पर्यटन प्रवद्र्धनका लागि पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायत जनप्रतिनिधिसंँग सोही दिन साँझ छलफलसमेत गरिने छ ।
समाजका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष रेशम रचक र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284