ताजा खबर

पुरुष लिग भलिबलमा आर्मी च्याम्पियन

   ८ पुष २०७५, आईतवार ०७:१६      2,466 views

‘चौथो आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनशिप २०७५ मा विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लबक च्याम्पियन बनेको छ ।
पोखराको रंगशलास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । च्याम्पियनसँगै नेपाल आर्मीले नगद २ लाख रुपैया हात पारेको छ । लिगका उपविजेता एपीएफले नगद १ लाख हात पा¥यो ।

फाइनलमा आर्मीलाई हराउन मैदानमा उत्रिएको एपीएफले पहिलो सेटमा १८–२५ ले आफ्नो पक्षमा पार्न सफल रह्यो । त्यसपछिको लगातारका दुई सेट भने २५–१९ र २५–१८ ले एपीएफले गुमायो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपीएफले आर्मीलाई २५–१८ ले रोक्दै खेलमा फर्किएपनि अन्ततः अन्तिम निर्णायक सेटमा आर्मीेले १७–१५ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो ।
त्यस्तै, शनिबार नै सम्पन्न तेश्रो र चौथो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले रुपन्देहीको मणि मुकु्न्द सेन भलिबल टिमलाई सोझो सेटमा पराजित गरेको छ । खेलमा नेपाल पुलिसले २५–१४, २५–१९ र २५–१५ ले हरायो । तेश्रो स्थान हासिल गर्न सफल नेपाल पुलिसले नगद ५० हजार प्राप्त गरेको छ । मणि मुकुन्द सेनले सम्पन्न लिगमा चौथो हुँदै २५ हजार हात पा¥यो ।
यही पुसको १ गते बाट संचालन भएको
प्रतियोगितामा नेपाल आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी बने । भट्टले नगद २५ हजार र ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा नेपाल आर्मीका मानबहादुर श्रेष्ठ बेष्ट स्पाइकर, एपीएफका बिजय थापा बेष्ट ब्लकर, नेपाल प्रहरीका ईमबहादुर राना बेष्ट सेटर, नेपाल आर्मीका ईश्वर थापा बेष्ट लिब्रो र नेपाल प्रहरीका कुलबहादुर थापाले बेष्ट सर्भर बने । नेपाल आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले उत्कृष्ट प्रशिक्षक बने । उनीहरु सबैले नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । उनीहरुले समान पाँच÷पाँच हजार र ट्रफी पाए ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, परिषद बोर्ड सदस्य यामकुमारी गुरुङ, राजेश गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरंजन रमण शर्मा, वरिष्ठ उपाध्यक्ष याम गुरुङ, संघका सल्लाहकारद्वय नारायण शर्मा र रमेशमान मल्ल, महासचिब जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष रन्जन खड्का, जापान शाखाका अध्यक्ष नविन गुरुङ, प्रतियोगिताका संयोजक राजकुमार गुरुङ, सचिब डीबी नेपालीलगायतले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
नेपाल भलिबल संघ द्वारा आयोजित उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284