ताजा खबर

पूर्व सभामुख महरा पुर्पक्षका लागि कारागार चलान

   १८ कार्तिक २०७६, सोमबार १८:२४      1,127 views

काठमाण्डौ – जिल्ला अदालत काठमाण्डौले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । 

संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश सुदर्शनराज पाण्डेकाे इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएकाे हाे । पीडितले दिएको जोहरी, घटनास्थलको मुजुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितले घटनास्थलमा दिएको बयानको आधारमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार पठाइएको छ । अब याे मुद्दाकाे किनारा नलागेसम्म महरा कारागारमै बस्नु पर्नेछ ।

जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट साेमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे ।

महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको थियाे । अदालतमा बहस भैरहँदा पीडित भनिएकी राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेकाे भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी थिइन् । महरा आफ्नाे काेठामा नआएकाे उनले अदालतमा बयान दिएकी थिइन्।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284