
पोखराका सहयोगी युवाले तीन दिनमा २ हजारलाई खाना खुवाए
पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् ।

पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै खान खाउदै आएका छन् । उनीहरुले तीन दिनमा करिब २ हजारलाई खाना खुवाएका छन् ।
सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिडेर गन्तव्य जादै गरेकाहरुलाई खाना दिदै आएका छन् । उनीहरुले खाना पकाएरै प्याक गरेर पु¥याउने गरेका छन् ।

पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउले गरेका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आए पनि सो ठाउँका स्थानी र जनप्रतिनिधि सगँ समन्वय गरेर खाना पु¥याउन गरेको पौरखी स्वयम सेवक समुहका जनक पराजुलीले बनाए ।
पहिलो चरणमा आफुहरुले नै नगद उठाएर विहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनले बताए ।
शनिबार विहानबाट शुरु भएको अभियानमा तीन दिन सम्ममा १९ सय ११ जनालाई खाना निःशुल्का पु¥याइसकेको समुहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52