
पोखरामा अन्तर कलेज “हिमाअज कप २०१९” फुटसल प्रतियोगिता हुने
पोखरामा इन्टरकलेज “हिमाअज कप २०१९” फुटसल प्रतियोगिता हुने भएको छ । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेन्ट आयोजनासँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । आयोजक संस्थामा एपी इन्टेरटेन्मेण्ट पनि रहेको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसटी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले सौन्दर्य प्रतियोगितासँगै खेलप्रति पनि आर्कषित भएको बताए । “खेल क्षेत्रमा पनि आबद्ध रही सेवा गरौ भन्ने उद्देश्य हाम्रो पहिले देखिनै थियो”, उनले भने, “बल्ल आज आएर पुरा भएको छ ।”
“हिमाअज एजुकेशन एण्ड कन्सलटेन्सीको प्रचारप्रसार सहित पोखरामा फुटसलको फिवर बढाउने लक्ष्य राखेर हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हौ”—प्रतियोगिताका खेल संयोजक एवम एपी इन्टरटेन्मेण्टका निर्देशक अर्जुन पाण्डेले भने । यसबाट एक कलेज सँग अर्को कलेजका विद्यार्थीहरुबिच प्रत्यक्ष भेटघाट सहित परिचय पनि हुनेछ उनले बताए ।
फुटसल प्रतियोगितामा पोखराका ३० कलेजको सहभागी रहने अपेक्षा गरिएको छ । १०+१ देखी स्नातक सम्मका विद्यार्थी खेलाडीहरुले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउनेछन् ।
प्रतियोगिता यहि साउन ३१ गते शुक्रबार र ३२ गते शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पोखरा स्काई स्पोर्टस, भाटभटेनी सुपर स्टोर्स न्युरोड, पोखरामा हुनेछ । प्रतियोगितामा सहभागी शुल्क रु २५०० राखिएको छ । फुटसलमा सहभागीले आवेदन फारम श्रावण २९ गते सम्म भरिसक्नुपर्नेछ । प्रतियोगितामा सहभागी सँख्या ८ जना (५ खेलाडी र ३ वैकल्पिक ) कायम गरिएको छ ।

प्रतियोगिताबाट विजेता, उपविजेता, उत्कृष्ट खेलाडी र अनुशाषित खेलाडीले पुरस्कार स्वरुप क्रमश ः नगद रु २० हजार, १० हजार, १ हजार र १ हजार सहित ट्रफि र अवार्ड प्राप्त गर्नेछन् ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09