
पोखरामा आमहड्तालको प्रभाव बजार सुनसान
संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नुपर्ने मागसहित दाहाल–नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् ।
बन्दको प्रभाव पोखरामा पनि परेको छ । फाट्टफुट्ट बाहेक भित्रि सडकमा पनि कुनै सवारी साधन गुड्न सकेका छैनन् । दाहाल–नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् ।
पोखराबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनै पनि सवारी सञ्चालन नभएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिए ।
सुरक्षालाई ध्यानमा राख्दै कास्की प्रहरीले ६३५ जना सुरक्षाकर्मी खटाएको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीबाट पनि करिब ३०० को हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26