पोखरामा आमहड्तालको प्रभाव बजार सुनसान
संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नुपर्ने मागसहित दाहाल–नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् ।
बन्दको प्रभाव पोखरामा पनि परेको छ । फाट्टफुट्ट बाहेक भित्रि सडकमा पनि कुनै सवारी साधन गुड्न सकेका छैनन् । दाहाल–नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् ।
पोखराबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनै पनि सवारी सञ्चालन नभएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिए ।
सुरक्षालाई ध्यानमा राख्दै कास्की प्रहरीले ६३५ जना सुरक्षाकर्मी खटाएको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीबाट पनि करिब ३०० को हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38