ताजा खबर

पोखरामा गण्डकीका धुनहरु विषयक विचार गोष्ठी सम्पन्न, भोलि ११ वटा समुहद्धारा बाजाको प्रस्तुती हुने

   २० मंसिर २०७६, शुक्रबार २०:०३      1,527 views

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना एवम् हिमाली साँस्कृतिक परिवार कास्कीको सहकार्यमा गण्डकीका धुनहरु विषयक विचार गोष्ठी पोखरामा आज सम्पन्न भएको छ ।

कार्यक्रममा हिमाली भेगमा प्रचलनमा रहेको लोक बाजा टुङ्गनाको बारेमा उक्त बाजाका विज्ञ कर्म खरनले कार्यपत्र प्रस्तुत गर्दै टुङ्गना हिमाली क्षेत्रको एकदमै प्रचलित र पुरानो बाजा भएको बताउनुभयो ।


नेपालको हिमाली क्षेत्रमा मात्रै नभएर यो बाजा तिब्बत, भारत र भुटानमा पनि प्रयोगमा रहेको बताउँदै अहिले यसलाई विश्वभरि नै लोकप्रिय बाजाको रुपमा हेरिनु आपूmहरुको लागि खुसीको कुरा रहेको बताउनुभयो ।

यस्तै तराई क्षेत्रमा प्रचलनमा रहेको बाजाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उक्त बाजाका विज्ञ पितम्बर महत्तो थारुले तराई क्षेत्रमा बजाईने डम्फु, मादल, भ्mयाली, तवला, डुगी, ढोलक, बाँसुरी, हारमोनियम, रेउनी, डनताल, घुंगुरु लगायतको बारेमा परिचय सहित तिनका महत्व र प्रयोग गरिने समयको बारेमा आफनो भनाई राख्नुभएको थियो ।


यस्तै नेपालका पहाडी भेगमा प्रचलनमा रहेको पञ्चे बाजाको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै डा.तुलसी प्रभासले पञ्चे बाजाको इतिहास, यसमा प्रयोग गरिने बाजा दमाहा, ट्याम्को, सहनाई, ढोलक, झयाली आदिको बारेमा आफनो विचार राख्नु भएको थियो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गर्नुभएको कार्यक्रम हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कार्यक्रम अन्तरगत भोलि पोखरा उद्योग वाणिज्य संघमा ११ वटा समुहले विभिन्न धुनमा बाजाहरुको प्रस्तुती गर्ने भएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284