ताजा खबर

पोखरामा गीतकार सुवासचन्द्र ढुङ्गेलको एकल मुक्तक वाचन कार्यक्रम सम्पन्न

   १६ माघ २०७५, बुधबार २०:०३      2,602 views

गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुङ्गेलको एकल मुक्तक वाचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकीद्धारा आयोजित कार्यक्रममा ढुङ्गेलले आफनो दर्जनौ मुक्तकहरु वाचन गर्नुभएको थियो ।

भक्तपुरको कटुन्जेमा जन्मनु भएका  ढुङ्गेलको स्व.अरुण थापाको स्वरमा रहेको चोट के हो व्यथा के हो म जस्तो घाईतेलाई सोध लगायतको गीतहरु चर्चामा रहेको छ । उहाँको सुवास नामक गीति एल्वम र थुप्रै कृतिहरु प्नि सार्वजनिक भईसकेको छ । कार्यक्रममा कवि मुरारी सिक्देलले गीतकार  ढुङ्गेलको परिचय दिनुभएको थियो । 

विश्वविद्यालय अनुदान आयोगको प्रमुख प्रशासकिय अधिकृत समेत रहनु भएका ढुङ्गेलले आफनो मुक्तक मार्फत देशका विकृती र विसङगतीका विरुद्ध आवाज उठाउनुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद चेतन कार्कीले सुवास ढुङ्गेल आफनो कलम मार्फत हिउँभन्दा चिसो र सुर्यभन्दा प्रखर रहेको बताउनुभयो । जीवनमा खाएको चोट र ठक्करहरु आफनो मुक्तकमा उतार्न ढुङ्गेल सफल भएको कार्कीको भनाई छ ।


कार्यक्रममा आयोजकको तर्फबाट मुक्तककार ढुङ्गेललाई सम्मान गरिएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष दुर्गाबहादुर शाह बाबाले पोखरा र पोखरेलीलाई ढुङ्गेल जस्तो सर्जकलाई भेटन पाउनु खुसीको कुरा भएको भन्दै मुक्तककारप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव असफल गौतमले गर्नुभएको थियो ।

ढुङ्गेलद्धारा कार्यक्रममा वाचन गरिएका केही मुक्तकहरु यस्तो छ ।

पिउने ठाउँमै चारधाम भए कति मजा हुन्थ्यो
मन्दिरमै पिउने इन्तजाम भए कति मजा हुन्थ्यो
पिउन पनि मिल्ने ध्यान गर्न पनि मिल्ने हेर
पिउने साथी श्रीराम भईदिए कति मजा हुन्थ्यो

……………………………………………………..

तिमीलाई लाग्ला नपिउँने मान्छे कसरी बाँचे होला
मलाई लाग्छ पिउँने मान्छे कसरी बाँचे होला
कङगाललाई पनि आफनो चिन्ता छैन अरुको पिर छ
अरबौ पैसा हुने मान्छे कसरी बाँचे होला

…………………………………………………….

ढिलो गरेर नउठ ओछयानमै विहान जान सक्छ
अरुको भन्दा फरक गर सबैको ध्यान जान सक्छ
यो गणतन्त्रमा कालो झण्डा नदेखाउ नेतालाई
हुन त के हुन्छ र हिरासतमै ज्यान जान सक्छ

…………………………………………………………

चल्लहरु टिप्न छाडे भन्छ चील कसरी पत्याउनु
सुन्दरीहरुकोपछि लाग्दैन भन्छ दिल कसिरी पत्याउनु
धेरै गफ नदेउ गफ दिनुको पनि हद हुन्छन नि यहाँ
अब झुट बोल्दै बोल्दैन भन्छ वकिल कसरी पत्याउनु

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284