ताजा खबर

पोखरामा धर्म–अर्थ–काम र मोक्ष विषयक बहस

   ४ आश्विन २०७७, आईतवार ११:३७      752 views

पोखरामा शनिवार एक समारोहका बीच धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा, साहित्यकार गीता भट्टराईको स्मृति सभासहित विचार गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीमा डा.लेखनाथ आचार्यले मोक्ष विषयमा बोल्दै बोध हुनेहरु बोल्दैनन्, बोल्नेहरुमा बोध हुँदैन यसैले समाज अप्ठ्यारोमा छ भने । आचार्यले मनको शान्तिका लागि मान्छे मन्दिर धाउँछ तर उसले शौचालय पनि मन्दिर हो भन्ने नबुझ्नु दुःखद भएको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अर्थका बारेमा विचार राख्दै विश्व अर्थ अवस्थाकै कारण भीषण युद्धमा फस्ँदै गएको बताए । उनले जीवनको प्रत्येक क्षणमा अर्थको महत्व रहने तर मान्छेले सम्यक हिसाबले अर्थोपार्जन गर्नुपर्ने उल्लेख गर्दै आर्थिक महत्वकाङ्क्षाकै कारण व्यक्ति आत्महत्याको तहसम्म पुग्ने र समाज भाँडिदै गएको जिकिर गरे ।

माक्सवादी चिन्तक विश्वप्रकाश लामिछानेले धर्मका बारेमा आफ्ना धारणा राख्दै मान्छे स्वभाविकैले धार्मिक हुन्छ तर ढोङ्गीहरुले धर्मको महत्व घटाउँदै लगेको बताए । लामिछानेले शोषणविहीन समाजको परिकल्पना अनुरुपको कर्म नै धर्म भने ।

अधिकारकर्मी लेखक सावित्री गौतमले कामका बारेमा प्रकाश पारेकी थिइन् । उनले काम भनेको यौन मात्र बुझ्ने संस्कार गलत भएको धारणा राख्दै आफ्नो नित्य कर्म नै काम हो भनिन् ।

महिलाको सधैँ काम बित्ने बताइन् । हिन्दू धर्मको कामदेव जस्तै ग्रिकमा पनि पुरुषलाई यौनदेवता मान्ने चलन रहेको उल्लेख गर्दै इन्द्रले अपराध गर्दा अहिल्या आदिले सजाय भोग्नु परेको तिक्तता पोखिन् । महिलाले यौन चाहना दमन गर्नुपर्ने, पुरुषलाई जहिले जतिसुकै बेला पनि हाम्रो समाजमा यौन स्वतन्त्रता रहेको बताइन् ।

विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले साहित्यिक संस्थाले यस्तो मर्मभेदी विषयमा बहस चलाउनु अनुकरणीय कार्य हो भने । संस्थाले आगामी दिनमा यस्तै प्रकृतिका विचारप्रधान र रसप्रधान कार्य गर्दै अगाडि बढ्न आवश्यक रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा वडा ३ की सचिव साहित्यकार चन्द्रावती वाग्ले, साहित्यकार रामनाथ अधिकारी संगी, विष्णु बास्तोला र नरेन्द्र रानाभाटले रचनावाचन गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284