ताजा खबर

पोखरामा नेपाल साहित्य महोत्सव शुरु

   ८ पुष २०७५, आईतवार ०७:०६      2,774 views


पोखरामा नेपाल साहित्य महोत्सव शुरु भएको छ । शिक्षाविद् जर्ज जोन र एलियाम्मा जोनले पानसमा द्वीप प्रज्ज्वलन गरी महोत्सवको शुभारम्भ गर्नुभएको हो । पोखराको फेवाताल किनार तालबाराहीचोकस्थित फुटवल मैदानमा शुरु भएको महोत्सवमा रविन्द्र अधिकारी, जर्ज जोन, सरुभक्त, पर्यटन बोर्डका दीपकराज जोशी, पूर्व प्रधानन्यायधीश सुशीला कार्की, साहित्यकार सरुभक्त, पत्रकार हरिबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

४ दिनसम्म चल्ने महोत्सवमा साहित्यका विभिन्न विधाका स्वदेश तथा विदेशका चर्चित व्यक्तित्वहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । बुकवर्म फाउण्डेशनको आयोजनामा भएको ७ औं संस्करणको साहित्य महोत्सवमा साहित्यमा रुची हुनेहरुको उल्लेख्य सहभागिता रहेको छ ।
यसअघि महोत्सवको पाँचौ र छैंटौ संस्करण पनि पोखरामा नै भएको थियो ।महोत्सवको पहिलो दिनमा नै अभिनेत्री मनिषा कोइरालाको संस्मरणात्मक पुस्तक ‘हिल्ड’ को विमोचनका साथै पुस्तकाबारे अन्र्त्क्रिया समेत भएको छ । क्यान्सर लागेर उपचारपछि पूर्ण स्वस्थ रहेको बताउँदै आफूले भोगेको पीडालाई पुस्तकका रुपमा लेखेको कोइरालाको भनाई छ । उहाँले आफ्नो अनुभवले आशा जगाओस् भन्ने उद्देश्य राखेर पुस्तक लेखेको बताउनुभयो ।

कलाकार राजेश हमालले पुस्तक प्रेरणादायी भएको उल्लेख गर्नुभयो । कार्यक्रमको पहिलो दिन अझै रमिता छ इन्द्रबहादुर राईको सम्झना, पागल बस्ती पछिको पोखरेली आख्यान, द आर्ट अफ ग्राफिक द मेमोरियर, अनसर्टेन जोरनी, सम्पादक र स्तम्भकार, रेड बर्ड र ठाडै ठट्टा लगायतका प्रस्तुति रहने छन् । विभिन्न ४० सत्रमा हुने महोत्सवमा १२० साहित्यकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284