ताजा खबर

पोखरामा पर्यटकीय स्थलको फोटो प्रदर्शनी

   १३ बैशाख २०७६, शुक्रबार १९:०२      2,508 views

‘आजको अनिवार्यता, सशक्त व्यावसायिक फोटो पत्रकारिता’ नाराका साथ शुक्रबार राष्ट्रिय फोटो पत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ ।

नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको को आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा फोटो फेवाताल किनारको बाराहीचोकको खुला सडक पेटीमा प्रदर्शनी गरिएको हो ।


प्रदर्शनीमा गण्डकी प्रदेशका ११ जिल्लाका फोटाहरु राखिएको हो । माछापुच्छ«े, अन्नपूर्ण, मुस्ताङ, मनाङ, पोखरा, लमजुङ लगायतका पर्यटकीय स्थलका फोटाहरु आकर्षणमा रहेका थिए । फोटो पत्रकार कृष्णमणि बराल, राम गुरुङ, अशेष शाक्य, प्रदीप पौडल, इन्द्र पौडेल, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, सञ्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा, सागरराज तिमिल्सिना, दीपक परियार लगायत १४ जनाले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले बताए ।

ती तस्वीरले हिजो र आजको गण्डकी प्रदेशको झल्को दिएको छ । एकै थलोमा गण्डकी प्रदेशलाई नियाल्न सकिने भएकोले धेरैको मन जितेको थियो । तालबाराही मन्दिर दर्शन गर्न आउने समेतले तस्वीरमार्पmत गण्डकी प्रदेशको एकै पटक अवलोकन गर्न पाए । प्रदर्शनीमा राखिएका फोटोमध्ये उपल्लो मुस्ताङ, मनाङ, पोखराको हेमजा, फेवाताल, सूर्योदय, सराङकोट, भेंडाबारीको फोटोमा धेरैको आँखा गडेको थियो । सो प्रदर्शनी करिब ८ हजार जनाले हेरेको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले बताए ।


गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोटो पत्रकारीता दिवस मनाउने गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284