‘पोखरामा प्रमोद खरेल’लाई ‘टार्गेट इन्टरनेशनल एजुकेशन’को साथ
‘पोखरामा प्रमोद खरेल’ कार्यक्रमका लागि शैक्षिक परामर्श केन्द्र टार्गेट इन्टरनेशनल एजुकेशनले ‘प्रोमोटेड बाइ’ टाइटलमा सहकार्य गरेको छ । पोखरामा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको कम्पनी बार्दली मिडिया प्रालिसंग टार्गेट इन्टरनेशनलले यो सम्झौता गरेको हो ।
टार्गेट इन्टरनेशनल एजुकेशनको तर्फबाट प्रबन्ध निर्देशक भुवन क्षेत्री र बार्दली मिडियाको तर्फबाट मनकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ‘ब्यवसायमात्रै नभएर हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि छौँ । त्यसैले पोखरामा प्रमोद खरेल इभेन्टसँग हामी जोडिएका हौँ ।’ सम्झौता पछि टार्गेट इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक क्षेत्रीले भने ।
उनले आफू पनि व्यक्तिगत रुपमा साहित्यिक र साँगीतिक फाँटसँग नजिक भएकोले यो सम्झौता अझै सहज भएको बताए । आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक कार्यक्रमहरुमा टार्गेटको उपस्थिती रहिरहने उनले विश्वास दिलाए ।
यस्तै बार्दली मिडियाका प्रतिनीधि मनकुमार श्रेष्ठले यो सहकार्यले आफूहरुलाई कार्यक्रम सफल बनाउन अझै बढि सहयोग मिलेको प्रतिक्रिया दिए । ‘पोखरामा हामीले प्रमोद खरेलको एउटा ऐतिहासिक कार्यक्रम गर्दैछौँ । र, यो कार्यक्रमका लागि पोखरेलीहरुको यस्तै साथ र सहयोगको हामीलाई खाँचो छ ।’ श्रेष्ठले भने ।
बार्दली मिडियाले व्यवस्थापन गर्ने कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’ चैतको २२ गते पोखरामा हुँदैछ । एभिन्यू ग्रुप अफ कमर्शको आयोजना हुने यो कार्यक्रममा मनिटरिङ पिस फाउन्डेशनले सहआयोजकको रुपमा सहकार्य गरेको छ ।
कार्यक्रमको तयारीलाई यतिबेला तीव्र पारिएको यसको व्यवस्थापनको जिम्मा पाएको कम्पनी बार्दली मिडियाका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09