ताजा खबर

पोखरामा भदौ २७ गते विक्रम गुरुङको एकल गायन ‘लयमा विक्रम’ आयोजना हुने

   २४ भाद्र २०७६, मंगलवार १५:४५      1,341 views

गीतकार, संगीतकार तथा गायक विक्रम गुुुरुङको एकल गायन कार्यक्रम ‘लयमा विक्रम’ भदौ २७ गते शुक्रबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने आयोजक पोखरेली युवा साँस्कृतिक परिवारले जनाएको छ ।

कार्यक्रममा गुरुङलाई पोखराका आधा दर्जन सांगीतिक संस्थाले अभिनन्दन गर्ने छन् । पोखरेली युवा साँस्कृतिक परिवार, हिमाली साँस्कृतिक परिवार, संगीत प्रशिक्षण केन्द्र, सप्तरंगी साँस्कृतिक परिवार, पोखरा सांगीतिक कलाकार संघ र हार्मोनीले सामूहिक रूपमा विक्रम गुरुङलाई सम्मान गर्ने संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीले जानकारी दिए

‘भुलूँ भुलूँ लाग्या मलाई सपनीमा मीठो लाग्दैन विपनी….आँखाको निद चोरी लाने ह्रदयको तरङ छेडी जाने…’ जस्ता कालजयी गीतका स्रष्टा विक्रम गुरुङले कार्यक्रममा १७ वटा गीत प्रस्तुत गर्ने छन् । पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक सदस्य विक्रम गुरुङलाई संस्था स्थापनाको ४२ वर्षपछि परिवारले नै एकल गायनमा प्रस्तुत गर्नु संस्थाको गौरव भएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए ।

हङकङमा लामो समय शिक्षण पेसा गरेर रिटायर्ड भएका गुरुङले गत वर्ष हङकङमा ‘विक्रम गुरुङ संगीत यात्रा’ सम्पन्न गरे भने गत महिना नेपालयको ‘आर’ शालामा पलेटी शृङ्खलामा आफ्नो गायन प्रस्तुत गरेका थिए । आफ्नै आँगनमा आफ्नै रचना, संगीत र स्वरमा गाएर आफन्ती मनसँग अनुवाद हुनु मेरा लागि अवसर हो विक्रम गुरुङले खुशी व्यक्त गरे ।

चर्चामा आउन नचाहने गुरुङले गायक अरुण थापालाई ‘अरुण थापा’ बनाएको दावी गर्छन उनका सहपाठी साहित्यकार सरुभक्तले । ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक थापाको आवाजमा रेकर्डड भएको पहिलो गीतमा उनैले संगीत भरेका थिए ।

पोखरा शहर र फेवातालभन्दा पश्चिम तामागी गाउँमा जन्मिएका विक्रम गुरुङले दीपेन्द्र प्रहरी स्कुल, पृथ्वीनारायण क्याम्पस हुँदै हङकङसम्म पुगेर लामो समय शिक्षण पेसामा आवद्ध भए । उनको रहर नै गीत संगीतमा रहेकाले शिक्षणबाट रिटायर्ड भए पनि लयमा फर्किएका छन् विक्रम गुरुङ ।

पोखरेली युवा साँस्कृतिक परिवारका कोषाध्यक्ष मोती भुजेलले ‘लयमा विक्रम’ कार्यक्रम सम्पन्न गर्न तीन लाखभन्दा बढी खर्च लाग्ने हुँदा पोखरा महानगरपालिका र लक्ष्मी गु्रप पोखराले आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284