ताजा खबर

पोखरामा मनाइयो ट्होटें पर्व

   १ भाद्र २०७९, बुधबार ११:३६      690 views

गुरुङ समुदायले पोखरामा धूमधामका साथ मंगलबार ट्होटें पर्व मनाइएका छन् ।

पोखराको मानवअधिकारचोकबाट परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ठूलो पर्वमध्येको एक ट्होटें पर्व मनाइएको हो ।


ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शनसहित पर्व मनाएका हुन् । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ । चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार गरि दुईपटक उधौली र उभौलीको रूपमा यो पर्वलाई मनाउने प्रचलन रहेको छ । गुरुङको मुख्य पर्व लोसार हो ।

ट्होटें पर्व पनि उत्तिकै पुरानो सांस्कृतिक पर्व हो । गाउँमा मनाइने पर्व परम्परा जोगाउन सहरमा पनि मनाउन थालिएको तमु धींका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।
मंगलबारको ¥यालीमा पोखरामा रहेका विभिन्न तमु समाजको उपस्थिती रहेको थियो ।


पोखरामा मनाइएको ट्होटेंमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिती थियो । ¥यालीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शोकबाट सुखद यात्रामा लाग्ने र भूतप्रेत हटाउने मात्र नभइ यस्ता पर्वले समाजबाट अन्धविश्वास, गरिबी र पछौटेपन पनि हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

‘प्राचीन कालदेखि नै यहाँको माटो, ढुंगा, वन, जंगल, कृषि योग्य जमिनमात्र होइन, नेपाली संस्कृति र गुरुङ जातीको विषेश योगदान रहेको स्मरण गर्न चाहान्छु’, राष्ट्रपति भण्डारीले भनिन् । गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले नेपाली संस्कृतिलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ तमुहरुको थातथलो गण्डकी प्रदेशले यस्ता पर्व र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए । उनले गुरुङ समुदाय शासन देखि प्रशासनको क्षेत्रमा अब्बल हुनुपर्ने उनको धारणा थियो । राजनैतीकदेखि प्रशासनको क्षेत्रमा गुरुङ समुदायको मानिसहरुको राज हुनुपर्ने उनले बताए । ‘लाहुरे संस्कृतिको मैले विरोध गर्दिन,’ उनले भने, ‘तर समय सापेक्षिक रुपमा परिवर्तन हुनुपर्छ ।’


कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, प्रदेश सांसद मिना गुरुङलगायतले ट्होटेंको शुभकामना दिएका थिए ।

ट्होटें पर्वको अवसरमा गरिएको झाँकी ¥यालीमा चिउली पाचे तमु समाज प्रथम भएको छ । भने डडुवा दुर्छा तमु समाज दोस्रो भएको छ । पहिलो भएको चिउली पाचेले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको तमु र्धीका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । यस्तै द्वितिय भएको डडुवा दुर्छाले नगद २० हजारसहित ट्रफी हात पा¥यो ।


उक्त झाँकी ¥यालीमा घान्द्रुक ब्रेज मस्रो तमु समाज तेस्रो हुँदै १५ हजार र ट्रफी प्राप्त ग¥यो । भने सोंपाल तमु समाजले चौथों हुदै नगद १० हजार रुपैयाँ प्राप्त गरेको गुरुङले बताए । यस्तै चारभञ्याङ तमु समाज, फुलबारी तमु समाज, दिप र बगर तमु समाज सान्त्वना हुँदै ५÷५ हजार रुपैयाँ प्राप्त गरेको उनले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284