ताजा खबर

पोखरामा सामुहिक फो ल्होछार/ल्होसारको झाँकीमा चिउली पार्चे तमू समाज प्रथम

   १७ पुष २०७५, मंगलवार ०६:३६      3,149 views

पोखराका विभिन्न तमु संघ संस्थाले सोमवार सामुहिक फो ल्होछार÷ल्होसार विविध कार्यक्रम गरी मनाएका छन्। पोखरा चिप्लेढुंगाबाट शुभकामना ¥याली शुरु भई महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा समारोहमा परिणत भई शुभकामना आदान प्रदान, विविध साँस्कृतिक कार्यक्रम, तमुहरुको परम्परागत छेलो प्रतियोगिता सहितका कार्यक्रम गरी ल्होछार/ल्होसार मनाएका हुन।

फो ल्होछार/ल्होसार समारोहको दीप प्रज्वलनसहित फो ल्हो अंकित व्यानर सार्वजनिक गर्दै प्रमुख अतिथि प्रदेश नं. ४, प्रदेश सभाका सदस्य मिनप्रसाद तमुले मुलुकको समृद्धिको लागि सबैलाई समेटेर जानुपर्ने बताउनुभयो। शुभकामना व्यक्त गर्नुहुदै उहाँले कुनै जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको भावनामा ठेस पु¥याएर मुलुक कसरी समृद्ध हुन सक्छ भन्दै प्रश्न गर्नुभयो। प्रदेशसभा सदस्य तमुले तमु समुदायमाथि अझ पनि विभेद छ भन्नुहुदै विभेद अन्त्य र सबैलाई राज्यको मुलधारमा नल्याईसम्म मुलुक समृद्ध हुन नसक्ने उहाँको दावी थियो। पहिचान अत्यन्तै संवेदनशील विषय हो, अहिले प्रदेशको नामाकरण तमुवान घोषणा गर्न नसकेर पहिचान छाड्न पनि सकिदैन, पहिचानलाई खेलाची पनि ठान्न नहुने उहाँको भनाई थियो।हिजो तमुवान माग गरेका थियौं, प्राप्ति हुन नसके पनि पहिचानको अभियान जारी रहिरहनुपर्ने बताउनुभयो।

तमुहरुको सभ्यता विकास भएको क्होला सोथरको डिपीआर निर्माणका लागि तयारी भईरहेको जानकारी दिनुहुदै अब तमुहरुले सीप, शिक्षा, ज्ञान अभिवृद्धि र उत्पादन क्षेत्रलाई विशेष जोड दिनुपर्ने सुझाव उहाँको थियो। अब भन्ने होइन गर्ने बेला आएको छ भन्नुहुदै प्रमुख अतिथि तमुले तमुहरुको एकता अपरिहार्यता भएको हो, छार र सारमा अल्झेन नहुने बताउनुभयो।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका सदस्य सचिव नरेन्द्रकुमार तमुले शुभकामना व्यक्त गर्नुृहुदै तमुहरुको एकता, सबैसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास, तमु जाति मौलिकता, सामाजिक साँस्कृतिक अधिकारका निम्ती जुट्नु पर्ने बताउनुभयो। उहाँले आफ्नो तर्फबाट गुम्बा विकास र मौलिक कला सँस्कृति सम्वद्र्धनका लागि सक्दो पहल गर्ने बताउनुभयो।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले मन्तव्य व्यक्त गर्नुृहुदै एकता, पहिचान, अधिकार प्राप्तिका लागि ल्होछार एक दिन भए पनि सामुहिक रुपमा मनाउदै आएको बताउनुभयो। तमु समुदायको अधिकार सहितको तमुवान प्राप्तिको आन्दोलन अझै पनि जारी रहेको भन्दै सबै तमुहरु सचेत भई सामुदायिक अधिकारका लागि एकतावद्ध हुन आग्रह गर्नुभयो।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश संयोजक दलबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता विना कुनै अधिकार प्राप्ति नहुने भएकाले एक भई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई अगुवाइ गर्न आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म तमु, आदिवासी जनजाति संघका प्रदेश संयोजक जितबहादुर तमु, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, गुरुङ पर्यटन व्यवसायी संघ पश्चिमाञ्चल अध्यक्ष बोबरजंग तमु, सँस्कृतिकर्मी कृष्णकुमार तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता, सचेतता, सिर्जनशीलता, शिक्षामा जोड र उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभएको थियो।

शुभकामना ¥याली सहित आयोजित झाँकी प्रतियोगितामा चिउली पार्चे तमु समाज पोखरा प्रथम हुदै २० हजार, नौलो सम्झना तमु समाज दोश्रो हुदै १५ हजार र बगर तमु समाज तेश्रो हुदै १० हजार रुपैयासहित पुरस्कृत भएको थियो। प्रथम पुरस्कार गुरुङ पर्यटन व्यवसायी संघ, तेश्रो पुरस्कार तमु कलाकार संघ कास्कीले प्रायोजन गरेको थियो। यसरी नै तमु जातिको परम्परागत छेलो प्रतियोगितामा तालबेसी तमु समाजमा भासु तमु प्रथम हुदै २५ हजार र कोल्माबहाकोट तमु समाजका श्रीप्रसाद तमु उपविजेता बन्दै १० हजार नगदसहित फेटा, खादा र प्रमाणपत्रबाट पुरस्कृत बने। प्रथम पुरस्कार मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर तमु श्यामले आफ्नो बाबा टेकसाई स्मृतिमा प्रायोजन गर्नुभएको थियो भने दोश्रो पुरस्कार सफल व्यवसायी, तमु धिं नेपालका केन्द्रीय सदस्य नारायण तमुले आफ्ना पिता चन्द्रबहादुर तमुको स्मृतिमा प्रायोजन गर्नुभएको थियो।

उक्त कार्यक्रममा लोकदोहोरी गायक सुरेन्द्र तमु, गायिका दुर्गा तमु गीत प्रस्तुत गर्दै सहभागीहरुलाई मनोरञ्जनका साथ नचाएका थिए। यसरी हिमाली साँस्कृतिक परिवार, स्टार्स स्टुडियो, बगर तमु समाज लगायतबाट विविध नृत्य प्रस्तुत गरेको थियो। सामुहिक फो ल्होछार÷ल्होसार आयोजक समितिका संयोजक क्या.भुवनसिं तमुको अध्यक्षतामा भएको कार्यक्रममा सचिव आसबहादुर तमुले कार्यक्रम संचालन गर्नुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284