ताजा खबर

पोखरामा हिजोदेखि शुरु भएको अन्तर्राष्ट्रिय मार्शल आटर्स हाप्किडो सेमिनार आज समापन हुँदै

   १२ माघ २०७६, आईतवार १४:३५      1,930 views

हिजोबाट पोखरा रंगशालामा शुरु भएको प्रथम अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार आज समापन हुँदैछ ।

सेमिनारमा विशिष्ट ग्रान्ड मास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर साल्भाडोर कभालेरो र सिनियर मास्टर नेपालका कालीबहादुर घर्तीमगरले प्रशिक्षण दिई रहनुभएको छ ।
सेमिनारमा नेपाल तथा विदेशका गरि ६ सय जना खेलाडी र खेल प्रशिक्षकले सहभागिता जनाई रहेका छन ।


यसअघि हिजो सेमिनारको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारले खेलकुदलाई समृद्धिसँग जोड्न चाहेको बताउनुभएको छ ।

खेल क्षेत्रका माध्यमबाट देशलाई विश्वभर चिनाउन मदत पुग्ने भन्दै मन्त्री पुनले देशकै गौरव बढाउने खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो । कुनै निश्चित जातभात र क्षेत्र खेल क्षेत्रमा नहुने भन्दै उहाँले सबैलाई एकताबद्ध बनाउने माध्यम खेलकुद नै भएको धारणा व्यक्त गर्नुभयो । पोखरामा अन्तर्रा्ष्ट्रियस्तरको कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको मन्त्री पुनको भनाइ थियो ।


गण्डकी प्रदेशसभाकी सांसद् मीना गुरुङले स्वास्थ्य र देशका लागि खेलकुद उत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले छोटै समयमा हाप्किडो संघले आफ्नो विकास र विस्तारमा फड्को मार्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।


संयुक्त राज्य अमेरिकाका ग्राण्डमाष्टर ही क्वान लीले नेपालमा हाप्किडो खेलको विकास र विस्तारका लागि आफ्नो सधैं सहयोग रहने उल्लेख गर्नुभयो । नेपाल मार्शल आर्टस् हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै हाप्किडोले नेपालमा स्थापनाको छोटो समयमा नै धेरै प्रगति गरेको र आगामी दिनमा पनि अझै फड्को मार्ने दाबी गर्नुभयो ।


कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य नारायण पौडेल, नेपाली सेनाका पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी गोकुल भण्डारी, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कविन्द्रमान श्रेष्ठ, सुरक्षा अधिकारी र खेल व्यक्तित्वको उपस्थिति थियो ।

उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौँ मूलपानी र नेपाली सेनाका हाप्किडो खेलाडीले मार्शल आर्टस् तथा सेल्फ डिफेन्स सम्बन्धी प्रदर्शन गरेका थिए । नेपाल मार्शल आर्टस् हाप्किडो संघ, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले स्वागत गरेको कार्यक्रमको सञ्चारकर्मी शैल्ताज कुँवरले सञ्चालन गर्नुभएको थियो ।


उद्घाटन अघि पोखरा सभागृहबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको ¥याली सभागृहचोक, लखनचोक, चाइनापुल हुँदै रंगशाला पुगी कार्यक्रममा परिणत भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284