ताजा खबर

पोखरामा १७ औं संस्करणको कर्णेल जेपी क्रस छात्र–छात्रा बास्केटबल प्रतियोगिता शुरु

   २६ मंसिर २०७६, बिहीबार २०:४३      1,226 views

पोखरामा १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र–छात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहीबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ माउन्ट अन्नपूर्णले सरस्वती आदर्श विद्याश्रमलाई ४१–२५ ले हरायो ।


बिहीबार नै भएको छात्रतर्फ ६ खेलहरु भएका छन् । छात्रतर्फकै अन्य खेलहरुमा भद्रकालीले नेपाल आदर्शमाथि ४३–८ को फरक स्कोरमा जित निकाल्यो । त्यस्तै, टप्सले पनि हिलपोइन्टलाई ४७–२३ को बिशाल स्कोरले हरायो ।


प्रतियोगिता अन्तर्गत छात्रातर्फको खेलमा बालकल्याणले प्यारामाउन्टमाथि ४२–३३ अंकको जित निकाल्यो । सरस्वती आदर्श विद्याश्रमले प्यारामाउन्टमाथि नै १६–४ को फरक अंकले हरायो । त्यस्तै, लिटिल स्टेपले १२–९ पराजित ग¥यो ।


प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १२ विद्यालयको सहभागिता रहेको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।


गुरुङका अनुसार प्रतियोगिताको छात्रछात्रा दुबैतर्फको विजेताले १२ हजार, उपविजेताले ८ हजार र तृतीय हुने टिमले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।


प्रतियोगितालको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष पुरस्कार रहेको गुरुङले बताए ।
प्रतियोगितामा खेलाडीको तर्फबाट बालोदयका छात्र सुमित गुरुङ र टप्सकी मनमाया डगौराले खेलाडीका तर्फबाट सपथ लिएका थिए । त्यस्तै, बास्केटबलका राष्ट्रिय रेफ्री रामबहादुर क्षत्रीले अफिसियलका तर्फबाट सपथ लिएका थिए ।


यसअघि, समाजसेवी कर्णेल जेपी क्रसले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे । कर्णेल जेपी क्रस प्रतियोगिताका संरक्षक तथा मुख्य प्रायोजक समेत हुन् ।


कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका बरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङले बोल्दै उपाधिसँगै खेलप्रेमीहरुको मन जित्न खेलाडीसमक्ष आग्रह गरे । विद्यार्थीहरुले खेलसँगै विद्यालयमा उत्कृष्ठ अंक हासिनल गर्नुपर्नेमा जोड दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284