
पोखरामा २६औं विश्व आदिवासी दिवस सम्पन्न
२६औं विश्व आदिवासी जनजाति दिवस आज पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद गण्डकी प्रदेश समिति र कास्की जिल्लाको संयुक्त आयोजनामा भएको कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङले उदघाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री किरण गुरुङले जनजाति र जातिमा फरक रहेको भन्दै अब नेपालका आदिवासीहरु सधैं जनजाति नै भई रहने कि जातिको रुपमा विकसित भएर राष्ट्रको गौरव भएर अघि बढने भन्ने कुरा नेपालका आदिवासी जनजातिहरुले सोच्नुपर्ने बताउनुभयो ।

पहिलो संविधानसभामा आफूहरु पार्टीको कार्यकर्ता कम र आदिवासी जनजातिहरुको कार्यकर्ता बढी भएर आन्दोलन गर्दै आदिवासीको मुद्दालाई ककस मार्फत संविधानसभामा उठाएको र अहिलेको नेपालको संविधानले त्यति बेलाको आदिवासी आन्दोलनले उठाएको धेरै मुद्दा समेटेको बताउनुभयो ।
अब नेपालका आदिवासी जनजातिले नाम मात्रै मान्छेको पहिचान हो भन्ने भ्रमबाट माथि उठेर आदिवासीहरुले अवलम्बन गर्ने संस्कार, सस्कृति र उनीहरुको ऐतिहासिकता खोज्नतिर लाग्नुपर्ने मन्त्री गुरुङको भनाई रहेको छ ।
कार्यक्रममा “नेपालको आदिवासी जनजाति आन्दोलन विगत र आगामी कार्यदिशा एवम् नेपालको संविधानमा आदिवासी जनजातिहरुको स्थान के कस्तो रहनेछ ?” भन्ने विषयमा लेखक तथा राजनीतिक विश्लेषक युग पाठक र अधिवक्ता सुरेन्द्र थापामगरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै विश्लेषक युग पाठकले अहिलेको आदिवासी आन्दोलन कर्म कान्डा जस्तो मात्रै भएको भन्दै नेपालमा अहिले आदिवासीको आन्दोलन मात्रै नभएर कम्युनिष्ट आन्दोलन, काँग्रेसको लोकतान्त्रिक आन्दोलन आदि सबै मृत्यु शैयमा रहेको भन्दै नेपालमा केवल अढाइसय वर्ष पहिलेको पृथ्वीनारायण शाहले निर्माण गरेका राज्यसत्ता मात्रै जिउँदो रहेको बताउनुभयो ।
देशको अहिलेको अवस्थामा नेपालमा थीति नबल्देको भन्दै सधै विदेशीसँग हात थापेर देशको विकास संभव नहुने उहाँको भनाई रहेको छ । अहिले सरकाले देशको सबै दक्ष युवाहरुलाई विदेश पठाएर यहाँको सबै लोकल सिपलाई मारेर कुन राष्ट्रवादको कुरा गरिरहेको छ भन्ने कुरा आफूले नबुझेको उहाँले बताउनुभयो ।
यस्तै आफनो कार्यपत्र प्रस्तुत गर्दै नेपाल बार एशोसियशनका केन्द्रिय उपाध्यक्ष तथा अधिवक्ता सुरेन्द्र थापामगरले आदिवासी आन्दोलनले उठाएको कुनै कुरा अहिलेको संविधानमा उल्लेख नभएको बताउनुभयो ।
अहिले नेपालमा आदिवासी को को हुन भन्ने बारेमा बहस उठेको र त्यसमा बाहुन, क्षेत्री र दशनामी समुदायले पनि आफूलाई यो बहसमा उभ्याएको भन्दै यसमा स्वस्थ बहस हुनुपर्ने बताउनुभयो । कार्यपत्र माथि सहभागिहरु विभिन्न प्रश्न समेत गरेका थिए ।

कार्यक्रममा आदिवासी आन्दोलनमा महत्वपूर्ण योगदान दिएको भन्दै आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानका पुर्व सदस्य सचिव एवम् नेपाल मगर संघका पुर्व अध्यक्ष झगबहादुर थापामगर र ककसका पुर्व अध्यक्ष तथा पुर्व राज्यमन्त्री एवम् काँग्रेसका नेता इन्द्रबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष खेम पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासंघका मुख्य सचिव सुजनकुमार लामाले गर्नुभएको थियो भने महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङले सम्मानित व्यक्तिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
आजको खबर
Follow Us

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
२ श्रावण २०८२, बिहीबार १५:२१
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38