
‘पोखरा आउँदा लेखनाथलाई नबिर्सनुस्’
लेखनाथका पर्यटन व्यवसायीहरुले पोखरा भ्रमण गर्दा लेखनाथलाई नबिर्सन आग्रह गरेका छन् । ‘गन्तव्य बेगनास’ अभियान लिएर धरानहुँदै पूर्वको ट्रान्जिट प्वाइन्ट झापाको बिर्तामोड आइपुगेका लेखनाथका पर्यटन व्यवसायीहरुले पोखरा भ्रमण गर्दा लेखनाथका पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्न नबिर्सनका लागि आग्रह गरेका हुन् ।

बेगनास होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथबाट बिर्तामोड आएका पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गर्दै एसोसियसनका निवर्तमान अध्यक्ष तथा भ्रमण टोली संयोजक दामोदरभक्त थापाले भने,‘पोखरा आउने जोकोहिपनि रुपा, बेगनास नपुगी फर्किए उनीहरुको भ्रमण पूरा हुँदैन, भ्रमण अधुरो र अपुरो हुन्छ ।’ उनले पोखरा नजिकै पर्ने लेखनाथ सात तालको वाटीका सहर भएकाले यसको भ्रमण सबै पर्यटकको लागि आवश्यक हुने बताए ।
निवर्तमान अध्यक्ष थापाले आम पर्यटकले फेवाताल किनारलाई मात्र लेकसाईड बुझ्ने गरेको गुनासो गर्दै उनले बेगनास र रुपाताल किनार पनि लेकसाइड नै भएको बताए । उनले भने,‘हाम्रो पोखरामा आउने आम पर्यटकको बुझाई लेकसाइड भनेको फेवाताल किनार मात्रै भन्ने छ, तर रुपा र बेगनासलगायतका ताल किनारहरुपनि लेकसाइड नै हुन्, ति क्षेत्रलाईपनि पर्यटकीय हब बनाउनका लागि हामी प्रचारप्रसारका लागि आएका हौं ।’
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक सूर्य थपलियाले पोखराबाट नजिक भएर पनि लेखनाथका बेगनास, रुपाताललगायतका क्षेत्रका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेको बताए । उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरु बेगनास ताल, रुपाताललगायतका क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन वोर्डले सघाएको उल्लेख गरे । उनले धरान र झापाका ब्यवसायी र सञ्चारकर्मीलाई पोखरा बेगनास र बन्दीपुरको भ्रमणको निम्तो दिए ।
धनगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड र पर्यटन व्यवसायी बीचको सम्बन्ध नङ र मासुकोजस्तै अन्र्तरसम्बन्धित भएको बताए । उनले झापामा रहेको चन्द्रगढी विमानस्थल पूर्वको प्रवेशद्धार रहेको बताउँदै यसबाट पोखरेली पर्यटन व्यवसायीले फाइदा लिनसक्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेको बेगनास होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले बेगनास र रुपाताल किनारलाई लेकसाइडको रुपमा चिनाउनका लागि आफूहरु प्रचारप्रसार गर्दै धरानहुँदै बिर्तामोडसम्म आइपुगेको बताए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52