ताजा खबर

पोखरा उद्योग वाणिज्य संघमा करसम्बन्धि अन्तरक्रिया

   ३० फाल्गुन २०७५, बिहीबार १०:५६      1,627 views

पोखरा उद्योग वाणिज्य संघ तथा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  करदाताको कर्तव्य,दायित्व तथा मध्यमस्तरीय करदाता कार्यालयले प्रदान गर्ने सेवाबारे उद्योगी÷व्यवसायीलाई जानकारी दिन सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । 

नेपाल सरकारले मध्यमस्तरका करदातालाई लक्षित गरी गएको असारबाट मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको हो । ४० देखि ८० करोडसम्मको वार्षिक कारोवार गर्ने करदाताहरु तथा २५ करोडदेखि ८० करोडसम्म वार्षिक कारोवार गर्ने बैंक,  पर्यटन उद्योग,ठेक्कापट्टा व्यवसायीहरु ठूला करदाता कार्यालयसँग जोडिन्छन् ।

अहिले नेपालका ८ सय ३३ करदाताहरुले यो कार्यालयसँग आवद्ध भएर कर तिर्दै आएका छन् । उनीहरुले वार्षिक १८ अर्व ४ करोड रुपैयाँ राजश्वमा योगदान दिँदै आएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले कर शिक्षाको जानकारी राख्न सके व्यवसायमा सफलतासँगै दण्ड, जरिबानाबाट समेत मुक्ति पाइने बताउनुभयो ।

कर शिक्षालाई अझ ब्यापक बनाउनु पर्नेमा जोड दिँदै उहाँले करसम्बन्धि कानूनहरुलाई सजिलो र बुझ्ने भाषामा परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो ।  

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284