ताजा खबर

पोखरा उद्योग वाणिज्य संघमा पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अब देशको नेतृत्व तपाईँहरुले लिनुृहोस् ’

   ३ फाल्गुन २०७५, शुक्रबार १६:२४      2,412 views

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापकीय क्षमतासहित राजनीतिक चेत भएका व्यक्तिको हातमा देशको नेतृत्व गएमात्र आर्थिक सम्वृद्धि प्राप्त हुने बताउनु भएको छ ।


‘जुन देशले विकास गरेका छन्,त्यो पोलिटकल इकोनोमिक्स र प्राविधिक दक्षता हाँसिल गरेका व्यक्तिको नेतृत्वको कारण हो’,पोखरा उद्योग वाणिज्य संघले शुक्रबार देशको वर्तमान आर्थिक अवस्थाबारे उहाँसँग गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘राजनीतिक नेताहरुले हिजोको एक कालखण्डमा नेतृत्व गर्नुभयो, आर्थिक क्रान्तिको लागि अबको नेतृत्व व्यवस्थापन र प्राविधिक क्षमता भएका व्यक्तिले गर्नुपर्छ ।’


उहाँले हिजो राजनीतिक नेतृत्व गरेकाहरुलाई पर्याप्त सुविधा दिएर ‘तपाईँहरु अब खानुहोस् र बस्नुहोस् र नयाँ ढंगले अगाडि बढ्न दिनुहोस् भन्ने आवाज निजी क्षेत्र र नागरिकले उठाउनुपर्ने बताउनुभयो । ‘त्यसो भए म पनि आरामसँग बस्छु, म तयार छु’, उहाँले भन्नुभयो,‘अब त्यो क्षेत्रमा अगाडि बढ्नुपर्छ ।’


उहाँले आर्थिक सम्वृद्धिको सफल नेतृत्व गरेका सिंगापुरका लि क्वान र मलेसियाका महाथिर मोहम्मद व्यवस्थापकीय क्षमताकै कारण सफल भएको दावी पनि गर्नुभयो । उहाँले सबै चिजको गति दिने भनेको अर्थतन्त्र नै भए पनि देशको अर्थतन्त्र यस्तो स्थिर अवस्थामा रहेकोले विकासमा बाधा परेको तर्क गर्दै नेपालको अर्थतन्त्रको मोडल नै परिवर्तन नगरेसम्म विकास सम्भव नभएको बताउनुभयो ।


‘अहिले संसारमा उदारवाद पूँजिबाद र राज्यनियन्त्रित पूँजिवाद दुबै मोडलले काम गरेका छैनन्, २१ औँ शताब्दीमा दुबै मोडलमा समस्या देखिएका छन्, हाम्रो मोडल दुबै होइन’, उनले भने,‘ हाम्रो मोडल दुबै होइन, अन्तर्राष्ट्रिय रुपमा आर्थिक सम्बन्ध ठीक तरिकाले परिचालन, पूँजी,्रप्रविधी र श्रमशक्तिलाई परिचालन गरेर मात्र आर्थिक सम्वृद्धि प्राप्त हुन्छ ।’


उनले अब कुछुवा गतिमा अगाडि बढेर सम्वृद्धि प्राप्त नहुने बताउँदै नेपाल क्षेत्रीय अवस्था बुझ्ने,आफ्नो हैसियत अनुसार आन्तरिक पूँजी परिचालन र बाह्य लगानी आकर्षित गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको विश्वास नजितेसम्म अर्थतन्त्रको विकास नहुने पनि उहाँको भनाई थियो ।

व्यवसायीहरुलाई मुनाफा कमाउन बन्देज लगाउन नहुने तर कर तिर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै उहाँले १८ प्रतिशतसम्मको ब्याजदरले लगानी आकर्षित गर्न नसकिने ठोकुवा गर्नुभयो ।
उहाँले पुरानो घर, जग्गाजस्ता सम्पत्तिलाई सम्पत्ति नै नभएको बताउँदै अबको जमाना ‘दिमागी पूँजी’को भएकोले अब दिमागलाई नै पूँजी मान्नुपर्ने बताउनुभयो ।





साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284