ताजा खबर

पोखरा–घलेगाउँ सवारी सरर

   ११ माघ २०७५, शुक्रबार १६:०३      3,535 views

लमजुङ — पोखरा र स्मार्ट भिलेजको तयारी भइरहेको घलेगाउँबीच सीधै सवारी चल्न थालेको छ । यातायात सञ्चालनमा आएसँगै पोखराबाट घलेगाउँ र घलेगाउँबाट पोखरा जाने तथा यसबीचका यात्रुले सुविधा पाएका छन् ।


पृथ्वी राजमार्ग बस सञ्चालक समितिले ९ सिटे स्कारपियो जिप सञ्चालनमा ल्याएको हो । बेगनास ताल बस व्यवसायी समिति र लमजुङ कालिका यातायात सञ्चालक समितिले सगोलमा २ वटा ३२ र ३४ सिटे मिनीबस सञ्चालनमा ल्याएको छ । स्कारपियोले पोखरा–दमौली–डुम्रे–बेंसीसहर हुँदै घलेगाउँसम्मको सेवा दिएको छ ।

मिनी बसले पोखरा–पावरहाउस–तल्लो गगनगौंडा–देउराली–पोल्याङ–मादी पुल भएर लमजुङको भोर्लेटार–बिमिरे भञ्ज्याङ–थान्सिङ–कोइरालाफाँट–सुन्दरबजार–बेंसीसहर हुँदै घलेगाउँ पुग्छ । उक्त बस पोखराको बागलुङ बसपार्कबाट हरेक बिहान सवा ८ बजे छुट्ने सवारीका सहचालक काशीनाथ अधिकारीले बताए । उनका अनुसार घलेगाउँबाट बिहान ८ बजेट छुट्छ । पृथ्वीद्वारा सञ्चालित स्कारपियो जिप हरेक दिन पृथ्वीचोकबाट बिहान साढे ७ बजे छुट्ने एक चालक परशुराम गुरुङले बताए ।


घलेगाउँबाट बिहान साढे ९ बजे छुट्ने गर्छ । बस र जिपले पोखराबाट बेंसीसहर पुग्न छुट्टाछुट्टै रुट प्रयोग गर्छन् । ग्रामीण रुटमा जाने बसले घलेगाउँसम्म करिब १ सय १० किलोमिटर र बेंसीसहरसम्म पक्की रुटमा जाने जिपले घलेगाउँसम्म करिब १ सय ४० किलोटिर पार गर्नुपर्ने हुन्छ ।


लमजुङ कालिका यातायात समितिका उपाध्यक्ष विश्वम्भर अर्यालले ग्रामीण भेगका नागरिकलाई सेवा दिन बेगनास बस समितिसँगको सहकार्यमा दुवै समिति मिलेर २ वटा बस सञ्चालनमा ल्याएको बताए । घलेगाउँ–पोखरा सीधै सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि अब बेंसीसहर झरेर सवारी साधन खोजिरहनु पर्दैन ।


पोखरा–घलेगाउँ बसले एकतर्फ ६ सय रुपैयाँ र जिपले एकतर्फ ७ सय ५० रुपैयाँ लिने गरेको छ । पोखराबाट सीधै घलेगाउँ र ठाउँ–ठाउँ हुँदै घलेगाउँ आउने–जाने सवारीले पर्यटकीय सहर पोखरा र ग्रामीण पर्यटकीय घलेगाउँबीचको सम्बन्धलाई स्थापित गर्न खोजेको स्थानीयको बुझाइ छ ।


घलेगाउँका स्थानीय लीलाबहादुर घलेका अनुसार घलेगाउँ–पोखरा सीधै सवारी साधन चलेपछि स्थानीय र पर्यटकलाई सुविधा भएको बताए । ‘पेन्सन लिन जाने, आफन्त भेट्न जाने, विभिन्न काममा जानेलाई सजिलो भएको छ । जताततैबाट घलेगाउँ घुम्न आउनेलाई पनि सजिलो भएको छ’ उनले भने, ‘हिजो गाडी देख्न नपाउनले अहिले गाडीमै चढ्न पाएका छन् । विकास भनेको यही रहेछ ।’


क्व्होलासोंथर गाउँपालिका अध्यक्षसमेत रहेका पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले घलेगाउँ र पोखराबीचको पर्यटकीय भाइचारा बढाउन जिप र बस सञ्चालन गरिएको बताए । ‘पोखरा र आसपासबाट घलेगाउँ आउने पर्यटक बढदै गएका छन् । ग्रामीण भेगबाट पनि पर्यटक आगमन हुन थालेको छ । गाउँले पनि पोखरा गइरहनुपर्छ ।


पर्यटक र गाउँले दुवैलाई मध्यनजर राखेर पोखरा–घलेगाउँ सीधै सवारी सञ्चालन गर्न थालेका हौं,’ उनले भने । पोखरा–घलेगाउँ सीधै बस तथा जिप सञ्चालन हुन थालेपछि आन्तरिक पर्यटक बढदै गएको र पोखराबाट विदेशी पर्यटकसमेत आउनथालेको उनले बताए ।



साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284