ताजा खबर

पोखरा–जनकपुर बस सेवा संचालनमा जोड

   १८ चैत्र २०७५, सोमबार १८:४२      2,662 views

पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउन जनकपुरदेखि पोखरासम्म सिधा बस सेवा संचालनका लागि यहाँका व्यवसायी तथा संचारकर्मीले सुझाव दिएका छन् । यस्तो सेवा संचलान हुन सके जनकपुरबासी तथा भारतीय पर्यटकलाई पोखरा पुग्न सहज हुने सुझाव उनीहरुको रहेको थियो ।
जाउँ है पोखरा अभियान लिएर १७ बर्ष पछि पुनः जनकपुर पुगेको पोखरेली होटलकर्मीको टोली समक्ष स्थानीयले त्यस्तो सुझाव राखेका हुन् ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत १५ गतेदेखि पुनः सुचारु गरिएको जाउँ है पोखरा अभियानको टोली चैत १६ मा काठमाडौंमा पहिलो कार्यक्रम गरी १७ गते जनकपुरमा दोश्रो कार्यक्रम गर्न पुगेको थियो ।


सो अवसरमा बोल्दै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले दुई शहर विच बस सेवा आबश्यक भइसकेको सुझाव राखे । अहिले पोखरा र जनकपुर जोड्ने सिधा बस सेवा नरहेको र पर्यटन बस सेवा समेत सुरु हुन नसकेको उनले जानकारी दिए । जनकपुर, पोखरा र काठमाडौं जस्ता शहरलाई हवाई सेवाले समेत जोड्न सके आन्तरिक पर्यटन प्रबद्र्धनमा तीनै वटा शहरले लाभ लिन सक्ने भनाई व्यवसायीले सो अवसरमा राखेका थिए ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडेलले जाउँ है पोखरा अभियान कठिन अवस्थामा सुरु गरिएको जानकारी गराउँदै यो अभियानबाट देशका अन्य शहरले पनि लाभ लिन सक्ने भनाई राखे ।


यसैगरी पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले सिता जन्मस्थल जनकपुरधाम ऐतिहासिक रुपमा र पर्यटकीय नगरी पोखरा प्राकृतिक रुपमा धनी रहेको भन्दै दुई शहर विच पर्यटक आदान प्रदान गर्न सके आपसी लाभमा बढोत्तरी हुने भनाई राखे ।


दिगो पर्यटन विकासका लागि आफूहरुले जाउँ है पोखरा अभियान संचालन गरेको भन्दै उनले पोखरामा यही चैत २९ गते देखि बैशाख १ गते सम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि जनकपुरबासीलाई निमन्त्रणा समेत गरे । पर्यटन कार्यालय पोखरामा नौ सय २४ होटल दर्ता रहेको जानकारी दिंदै पोखरा क्षेत्रमा मात्र त्यस्तो संख्या छ सय रहेको तथ्यांक दिए । फेवा महोत्सवमा कूल एक लाख पर्यटकले सहभागिता जनाउने अपेक्षा पेश गर्दै उनले पोखराले करिव ३० हजार पर्यटक एकै रातमा सुताउन सक्ने जानकारी दिए ।



साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284