
पोखरा महोत्सव आजदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने
आजदेखी पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोेत्सव आयोजना हुँदैछ । महोत्सवको आज दिउँसो १२ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना
यसअघि हिजो विहान महोत्सवको प्रचार गर्न आयोजक युनाइटेड क्लवले कार र्याली समेत सम्पन्न गरेको छ । महोत्सवमा आउने दर्शक जो पचभैयामा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कमा जान चाहान्छन त्यसका लागी पचभैेया लैजान लेखनाथ माइक्रो बस समितीको सहयोगमा बसलाई जंगलको झल्को दिने गरी सजावट गरि कार ¥यालीमा सहभागी गराइएको थियो ।

कार र्यालीको उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवको महोत्सवमा सुरक्षामा कुनै कसुर बांकी नरहने गरी प्रहरी परिचालन गर्ने वताए । महोत्सवलाई सवैले आ आफ्नो ठाउबाट सहयोग गरी भब्य र सभ्य बनाउन सवैलाई राना मगरले आग्रह समेत गरे ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङले र्यालीमा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै महोत्सवलाई सवैले मिलेर भब्य र सभ्य बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए ।
महोत्सव स्थल अमरसिंह चौरबाट शुरु भएको र्याली, अमरसिंहचोक, विरेन्द्रचोक, रामबजार, घलेचोक, घारीपाटन, बिरौटा, ड्यामसाइड, राष्ट्रबैङ्कचोक, सहिदचोक, बैदाम, अमबोट, गौरीघाट, बाराहीचोक, हल्लनचोक, नारेश्वर, जरेबर, जिरो किमी, सिर्जनचोक, आलुमाइलाचोक, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, फुलबारी, रानीपौवा, गुम्बाफेदी, मियापाटन हुदै महोत्सव स्थलमा आएर टुङ्गिएको कार र्याली ब्यवस्थापन समिती संयोजक सन्तोष कार्कीले जानकारी दिए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52