ताजा खबर

पोखरा म्याराथन प्रदेशको समृद्धीसँग गाँसिएको छ–पर्यटनमन्त्री लम्साल

   ३ माघ २०७६, शुक्रबार १४:४५      1,114 views

यहि फागुन ३ गते पोखरामा हुने पोखरा १४ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथन गण्डकी प्रदेशको समृद्धीसँग गाँसिएको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।

भूतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा मन्त्री लम्सालले उक्त कुरा बताएका हुन् ।

उनले पोखरा म्याराथन पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको एक महत्वपूर्ण खेलकुद कार्यक्रम भएको बताउँदै भने–“प्रदेश सरकार अहिले यस्ता खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको छ । पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकार संधै यहाँहरुको साथमा छ ।”


विश्वमा खेलकुदलाई जोडेर बिकासका आधारहरु अगाडी बढेको बताउँदै मन्त्री लम्सालले पोखरा म्याराथनलाई निरन्तरता दिन सके भोलिका पिंढीहरुलाई समेत खाका कोर्न सहयोग पुग्ने बताए ।

पोखराको रंगशाला संरक्षण भुमिका खेल्न साथै पोखरालाई खेलकुदका माध्यमबाट चिनाउन कार्य गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै सबैले आशा गरे अनुरुप अनुसार मन्त्रालयले बजेटका कारण गर्न नसकेको उनले स्वीकारे । म्याराथन पोखरा र प्रदेशको परिचयसँग जोडिएको हुँदा यसलाई भव्यरुपमा साथ र सहयोग गर्न सबैलाई लम्सालले आग्रह गरे ।


अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको भनाई थियो ।


१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284