ताजा खबर

पोखरा १२ मा सामुहित तरकारी खेती सुरु

   ७ पुष २०७५, शनिबार ०६:४५      1,453 views



पोखरा महानगरपालिका वडा नं. १२ का वासिन्दाहरु कृषि उपजमा आत्म निर्भर हुन आवश्यक रहेका भन्दै सामुहिक तरकारी खेती लगाउन सुरु गरेका छन् । शुक्रबार जनप्रतिनिधि सहित ६० जना भन्दा वढि स्थानिय वासिन्दाहरुले एकै पटकमा काउलीको वेर्ना सारेर उक्त कार्यको सुरु गरेका हुन् ।


वरिष्ठ वागवानी अधिकृत मनोहर कडरियाले सहभागीलाई वेर्ना लगाउन सिकाउँदै अब बजारमा पाइने तरकारी किनेर खानु भन्दा आफै उत्पादन गरेर उपभोग गर्नुपर्ने बेला भएको छ किनभने वाहिर बाट आयात गरिएको तरकारीमा स्वास्थ्यलाई घात गर्ने विषादी प्रयोग गरिएको हुदाँ धेरै उपभोग गर्दा स्वास्थ्यमा नराम्रो असर पार्ने वताए।
सो अवसरमा वडा सदस्य बिष्णु सुनार, अगुवा कृषक रामबहादुर हमाल लगाएतले वस्ती वढ्दै गएको र थोरै जमिनमा धेरै जना सहभागी भई तरकारी खेती गर्न नगरपालिकाले आवश्यक तालिम प्रदान गर्दै आएको वताएका थिए । पोखरा महानगरपालिका कृषि बिकास शाखाको आयोजना तथा वडा स्तरीय कृषि संजाल पोखरा १२ का संयोजक अध्यक्षता पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक कल्पना कार्कीले र संचालन सचिव बलबहादुर केसी गरेका थिए । सो अवसरमा हाल साढे दुई रोपनी जग्गामा काउली, बन्दा र प्याजको व्यावसायिक उत्पादन गर्ने योजना रहेको कृषि संजालका अध्यक्ष पुण्यप्रसाद लामिछानेले बताए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284