
पोखरा १७ का २१ जना जेष्ठ नागरिक सम्मानित
पोखरा महानगरपालिका वडा नं. १७ का २१ जना जेष्ठ नागरिक सम्मानित भएका छन । जेष्ठ नागरिक मञ्च एवम् पोखरा १७ द्धारा आयोजित एक कार्यक्रमका बीच ८० देखि १०० वर्ष उमेरसम्मका आमा वुवालाई खादा, सम्मानपत्रले सम्मान गर्नुका साथै एक एक थान थर्मस वितरण गरिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवमं प्रदेश सभा सदस्य कृष्ण थापाले जेष्ठ नागरिकलाई सम्मान गर्दै समाजका अग्रजलाई सम्मान गर्दा आफूपनि सम्मानित भएको अनुभूति हुनुपर्ने बताउनुभयो ।
वर्तमान सरकारले आर्थिक बर्ष २०७६।०७७ मा सामाजिक सुरक्षा भत्तामा एक हजार वृद्धि गरेको उल्लेख गर्दै आगामी तीन वर्षमा पाँच हजार पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् सामाजिक व्यक्तित्व झकबहादुर थापाले जेष्ठ नागरिकलाई बृद्धाश्रममा नभई परिवारमा राखेर आदर गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा १७ का वडा अध्यक्ष तिर्थ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक मञ्चका अध्यक्ष टोपराज ढुङगाना र सचिव धर्मदत्त तिमिल्सिनाले जेष्ठ नागरिक मैत्री भौतिक संरचनाको आवश्यकता औल्याउनुभयो । (रासस)
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09