ताजा खबर

पोखरा–२८ को स्वास्थ्य चौकीलाई पीपीई सहयोग

   १८ बैशाख २०७७, बिहीबार १५:१७      1,140 views

पोखरा–२८ कालिकास्थानमा रहेको कालिका हेल्थपोष्ट र माझठाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरुलाई पिपिई लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको छ ।

काठमाडौंमा व्यवसाय गर्दै आएका वडा नं. २८ का बासिन्दा सुवोध त्रिपाठीले वडा कार्यालयसँग समन्वय गर्दै दुवै स्वास्थ्य चौकीलाई ५ थान पीपीई, १ थान ईन्फ्रारेड थर्मोमिटर, ५ थान पीपीईमा प्रयोग हुने सुरक्षात्मक चस्मा र ५० जोडी ग्लोभ्स सहयोग स्वरुप प्रदान गरेका हुन ।

कोरोना भाईरसको प्रकोप विश्वभर महामारीको रुपमा फैलिरहेका बेला जोखीम मोलेर अग्रपंत्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा सेवा प्रदान गर्न र अझै हौसला दिने उद्धेश्यले आफुले सहयोग गरेको त्रिपाठीले वताए ।

उक्त स्वास्थ्य सामग्रीहरु वडा नं. २८ का अध्यक्ष निर्मल दियाली र त्रिपाठीले कालिका हेल्थपोष्टका प्रमुख सञ्जु शर्मा र माझठाना स्वास्थ्य चौकीका प्रमुख सत्यराज साँखीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284