ताजा खबर

पोखरा ४ र ५ मा वडा स्तरिय फिर्के सरोकार समिति गठन

   ८ माघ २०७५, मंगलवार १९:१९      1,469 views

फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिको आयोजनामा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन/ तिन मिटर कायम गराउन दवाद दिने उद्धेश्यले वडा समितिहरु गठन भएका छन् ।


सरोकार समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) को उपस्थितिमा मंगलबार पोखरा महानगरपालिका वडा नं. ४ मा वसेको भेलाले सुनिल बहादुर कोईरालाको संयोजकत्वमा सात सदस्यिय सरोकार समिति गठन गरिएको छ ।


समितिको सहसंयोजकमा जई कुमारी अधिकारी, सचिवमा अर्जुन परियार, कोषाध्यक्षमा बाबुकाजी लिगल र सदस्यमा हरिनारायण शर्मा, कमला वस्याल र जुद्धबहादुर प्रधान रहेका छन् ।


त्यसै गरि प्रकाश कोईरालाको संयोजकत्वमा ९ सदस्यिय सरोकार समिति गठन गरिएको छ । उक्त समितिको सहसंयोजकमा ताराप्रसाद अधिकारी, सचिवमा शुशिला ढकाल, कोषाध्यक्षमा हर्कबहादुर लामा र सदस्यमा विमला नेपाली, लक्ष्मण आचार्य, निर्मला गुभाजु, अलि हुसेन मियाँ र मिठु परियार रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284