प्रजातन्त्र दिवसको अवसरमा आजबाट थाक मेला शुरु हुँदै
मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा
कास्कीको मादी गाउँपालिका वडा नं. ७ थाकमा आजदेखि थाक मेला सुरु हुदैछ । प्रजातन्त्र स्थापना भएदेखि निरन्तर रुपमा दिवस मान्दै आएकोमा हाल लोकतन्त्र हुँदै गणतन्त्रसम्म नेपालको राजनितिक घटनाक्रमको विकास भएता पनि ६९औं प्रजातन्त्र दिवससम्म आई पुग्दा पुरानो यस मेलाले निरन्तरता पाएको छ ।
सिल्दु जनसेवा युवा क्लब थाकले पछिल्लो समय आफ्नो वार्षिक उत्सब र मेला सँगसँगै मनाउदै आएको छ । क्लबको ३५आंै वार्षिक उत्सव तथा मेला सँगसँगै आयोजना गर्दै आएको क्लवका अध्यक्ष डम्मरजंग गुरुङले जानकारी दिनभयो ।
मेलामा भलिबल, ठेलो, रस्साकसी लगायतको खेलकुद प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । भलिबलमा प्रथम हुने समुहलाई ४० हजार र द्धितिय हुने समुहलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैबीच मेलामा भोलि राष्ट्रिय कलाकारहरु टंक वुढाथोकी, आसोक दर्जी र ए आर वुढाथोकीका साथमा कलाकार सरोज मैनाली, विभिन्न कलाकारहरुको साथमा लोक दोहोरीको माध्यमबाट मेलामा आउने दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।
साथै मेला अवधिभर निश्चल डान्स एकेडेमी तथा आमा समूह एवं युवा क्ल्बको साँस्कृतिक प्रस्तुति रहने क्लवका कोषाध्यक्ष प्रेम गुरुङले जानकारी दिनभयो ।
मेलासँगै यसबर्ष नै करिब १५ लाखको लागतमा निर्माण गरिएको थाक घडेरीडाँडा मैपोलो सडक र पुन निर्माण गरिएको महिपोलो पोखरीको पनि उद्घघाटन गरिने भएको छ ।
कास्की जिल्ला निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद तथा पुर्ब स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको थाक हिल पर्यटन बिकास समितिका अध्यक्ष एवं क्लबका सल्लाहकार बालकृष्ण गुरुङले जानकारी दिनु भएको छ ।
थाक महिपोलो सडक समितिका अध्यक्ष शेरबहादुर गुरुङले अब ऐतिहासिक महिमा बोकेको घडेरी डाँडा र महिपोलो मन्दिरले थाक गाउँलाई संसार भरी चिनाउने बताउनु भयो ।
यस्तै मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले थाक गाउँ ऐतिहासिक गाउँ मात्र नभई पोखराबाट नजिकको पर्यटकिय स्थल भएकोले वडा कार्यालयको विशेष पहलमा सुपर मादी हाईड्रो पावर, जनकल्याण समाज, गाउँबासी, हङकङ , युके लगायत बाहिर रहेका सम्पुर्ण थाक मौलाको साथ सहयोगले बाटो निर्माण गरिएको र अब पोखरी, मन्दिर, गेट लगायत भौतिक पुर्बधार निर्माण हुने बताउनु भयो ।
थाकबाट घडेरी डाँडा ताराहिल हुँदै सिक्लेससम्मको पदमार्ग पनि यसै बर्ष वडा कार्यालयको सहयोगमा व्यवस्थित गरिएको पर्यटन व्यवसायी एवं थाकका स्थानिय बासिन्दा विकास गुरुङले बताउनुभयो ।
फागुन ९ गतेसम्म सञ्चालन हुने मेला हेर्नका लागि पोखराबाट ११ किलोमिटरको यात्रा गरेपछि थाक गाउँमा पुग्न सकिन्छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09