ताजा खबर

फागुण दोश्रो सातादेखि माछापुछ्रे क्रिकेट लिग

   ८ फाल्गुन २०७५, बुधबार १९:३६      2,247 views

माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा यहि फागुण १४ देखि माछापुछ्रे क्रिकेट लिगको दोश्रो संस्करण शुरु हुँदैछ । यसपटक प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउँदैछन् ।

नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा हुने प्रतियोगितामा आर.के.भिक्टोरियन्स, सि.एन.डी. वारियर्स, पर्वन टाइटान्स, फिस्टेल स्टार्स, लेखनाथ मस्किटर्स र राइजिङ्ग लायन्स उपाधीका लागि एकआपसमा भिड्नेछन् ।

प्रतियोगिताको पूर्वाद्र्धमा आयोजक क्लवले मुख्य प्रायोजक पाएको छ । यसपटकको प्रतियोगितालाई पोखरा स्काई स्पोर्टसले मुख्य प्रायोजन गर्ने भएको हो । बुधबार एक समारोहका विच स्काई स्पोर्टस् र आयोजक क्लवविच मुख्य प्रायोजनको सम्झौता भएको छ ।

स्काई स्पोर्टस्का प्रनिधिनी प्रज्वल विष्ट र आयोजक क्लवका अध्यक्ष दिपेश खत्रीले पत्रकार सम्मेलन मार्फत उक्त सम्झौताबारे जानकारी गराएका हुन् । सम्झौता बमोजित पोखराको न्यूरोडस्थित भाटभटेनी सुपरस्टोरको माथिल्लो तलामा रहेको स्काई स्पोर्टसले २० लाख बराबरको प्याकेज प्रदान गर्नेछ ।


प्रतियोगितामा उत्कृट खेलाडी, बलर,ब्याट्स्म्यान लगायतले स्काई स्पोर्टसको प्याकेज प्राप्त गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही समारोहमा हेल्लो वल्र्ड कर्पोरेशनले ८५ हजार बराबरको वेभसाइट निर्माण गर्ने सम्झौता पनि भएको छ । कर्पोरेशनका क्षेत्रिय प्रमुख विवेक चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।


यसपटकको च्याम्पियन टिमले नगद ३ लाख तथा उप–विजेताले नगद १ लाख ५० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष दिपेश खत्रीले जानकारी दिएका छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284