ताजा खबर

फागुनको ७ र ८ गते फोनिजको राष्ट्रिय भेला कास्कीको घाचोकमा हुने

   १९ माघ २०७५, शनिबार १९:२९      3,075 views

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को फागुन ७ र ८ गते कास्कीमा हुने राष्ट्रिय भेला माछापुच्छ«े गाँउपालिका वडा नं. १ घाचोकमा गरिने भएको छ।

पुस २८ गते तनहु जिल्लाको भिमाद नगरपालिका वडा नं.५ मिछुर्लुङ होमस्टेमा सम्पन्न फोनिजको संघीय समितिको बैठकले राष्ट्रिय भेला कास्कीमा आयोजना गर्ने निर्णय गर्दै प्रदेश इञ्चार्ज हुमबहादुर तमु र कास्की अध्यक्ष एम बी आस्थालाई भेला स्थान र व्यवस्थापनका लागि जिम्मेवारी तोके बमोजिम पर्यटकीय गाँउ घाचोकमा भेला आयोजना गर्ने निर्णय गरेको हो।

आदिवासी जनजाति पत्रकारहरुको कार्यक्रम शहरमा होइन आदिवासी जनजाति बस्तीमा नै गर्ने अभियान अन्र्तगत गुरुङ, मगर र शिल्पी समुदायको बसोवास रहेको पोखराबाट करिब १४ किमी उत्तरमा रहेको पर्यटकीय घाचोक गाँउमा राष्ट्रिय भेला गरिने भएको हो।

फागुन ९ र १० गते पोखरामा हुने नेपाल पत्रकार महासंघको विधान सम्मेलनमा फोनिजको अवधारणा प्रस्तुत गर्न ७ र ८ गते घाचोकमा हुने फोनिजको राष्ट्रिय भेलामा विशेष छलफल हुने प्रदेश इञ्चार्ज तमुले जानकारी दिनुभयो।

माछापुच्छ«े गाउपालिका, माछापुच्छ«े अर्गानिक होम स्टे समिति लगायत विभिन्न संघ संस्था र स्थानियको सहयोगमा घाचोक गाँउको पर्यटन प्रवद्र्धनलाई समेत सहयोग पुग्ने गरी राष्ट्रिय भेला घाचोकमा गर्ने तय गरिएको प्रदेश इञ्चार्ज हुमबहादुर तमुले जानकारी दिनुभयो।राष्ट्रिय भेला सहित माछापुच्छ«े गाउपालिकाको समृद्धिका लागि आदिवासी जनजातिले खेल्नुपर्ने भुमिकाका बारेमा समेत गाँउपालिका अध्यक्ष, होम स्टे समिति लगायत स्थानिय संघ संस्था र स्थानियबासीसँग समेत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने फोनिज कास्कीका अध्यक्ष एम बी आस्थाले जानकारी दिनुभयो।भेलामा संघीय समिति, विभागका सदस्यहरु, जिल्ला अध्यक्ष र प्रवाश शाखा गरी करिब १०० जनाको सहभागीता रहने भएको छ।

भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन शनिवार फोनिज कास्कीको बैठकले अध्यक्ष एम बी आस्थाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ। बैठकले गत पुस २७ गते तनहुँको भिमाद नगरपालिका वडा नं.५ स्थित मिछुर्लुङ होम स्टेमा सम्पन्न फोनिजको प्रथम प्रादेशिक भेला र २८ गतेको संघीय समितिको बैठकसँगै भिमाद नगरपालिकाका प्रमुखसहित विभिन्न संघ संस्था, स्थानियबासीसँगको अन्र्तक्रिया कार्यक्रममा सहयोग गर्ने भिमाद नगरपालिका, मिछुर्लुङ सामुदायिक होम स्टे समिति लगायत संघ संस्थालाई स्थानियबासीलाई धन्यवाद दिने निर्णय समेत गरेको फोनिज कास्कीका सचिव भुपाल तमुले जानकारी दिनुभयो। उक्त भेला र संघीय बैठकका लागि प्रदेश इञ्चार्ज, कास्की जिल्ला अध्यक्ष र तनहुँ जिल्ला अध्यक्षलाई जिम्मेवारी दिइएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284