
‘फिच्यो’ चलचित्र मार्फत डेब्यु गरेकी नायिका काशी घलेको निर्देशक बन्ने सपना
रोशनी गुरुङ
नृत्य र अभिनयमा असाध्यैं रुचि राख्ने काशाी घले (इन्द्र घले) कला क्षेत्रमै आफनो भविष्य देख्छन् । विगत लामो समयदेखि उहाँ निरन्तर रुपमा नृत्य क्षेत्रमा क्रियाशिल रहेर आफूलाई अझै परिमार्जित गर्दै आउनु भएको छ ।

हालसम्म दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभियन गरि सक्नु भएकी काशीको पुख्र्यौली थलो घलेगाउँ भएतापनि उहाँको पालन पोषण र शिक्षा दिक्षा भने क्होंला सोंथर ८ तामु गाउँमा भएको हो ।
मावली हजुर बा र आमाको काखमा खेलेर उहाँको बाल्यकाल बित्यो । समयसँगै अघि बढने क्रममा तामुबाट पोखरा झरेर लेखनाथको जनप्रकाश मा.वि.मा ४ कक्षामा भर्ना भएर पढन थल्नुभयो । त्यसपछि नै विस्तारै गाउँघरतिरको आउजाउ कम र शहर बजारको रहन सहनमा बढी भिज्न थाल्नुभयो ।
२०६७ सालमा एस.एल.सी. परिक्षा दिएपछि बाबाको जस्तै काख दिएर हुर्काउनु भएको बाजेको दुःखद निधन भयो । त्यसपछि भने घरायसी जिम्मेवारीका कारण उहाँको पढाई पनि त्यही ब्रेक लाग्यो ।

घले गाउँका टेक घले र तामुकी जौमाया गुरुङको कान्छी सन्तान काशीको वास्तविक नाम इन्द्र घले हो तर गुरुङ समुदायमा कान्छी छोरीलाई काशी भन्ने चलन छ । उहाँलाई पनि त्यही नाम प्यारो लाग्यो र फेसबुक लगायतको सामाजिक सञ्जालमा काशी घलेको नामबाट सबैसँग परिचित हुनुभयो ।
गत चैत्र १ गते पोखराको बाराही चलचित्र हलमा काशीद्धारा अभिनित पहिलो गुरुङ चलचित्र ‘फिच्यो’ प्रदर्शन भयो ।
विश्व समुदाय नै कोरोना भाइरसको त्रासले त्राहीत्राही भएको विषम परिस्थितीमा समेत ‘फिच्यो’ चलचित्र हेर्नका निम्ती दर्शकको घुइँचो लागेपछि काशीलाई मात्र होइन सारा फिल्म युनिटलाई नै हौसला मिलेको छ ।

विश्वास गुरुङ र काशी घलेको मुख्य अभियन रहेको चलचित्रले देशको परिवर्तित राजनीतिक परिस्थिती र गुरुङ समुदायको संस्कार र संस्कृति बोकेको छ भने पछिल्लो समयमा देखिएको घले र गुरुङ बीचको विवादलाई समेत देखाउन खोजिएको छ ।
आफनै गाउँमा छायाँङकन गरिएको चलचित्रमा काशीले मुख्य नायिकाको भूमिका मात्रै निभाउनु भएको छैन । चलचित्रमा प्रोडक्शनको सबै काम समेत सम्हाल्नु भएको छ ।
पोखरामा भएको पहिलो प्रिमियर ‘सो’ मा समेत उहाँले निर्माता र निर्देशक जतिकै जिम्मेवार भएर चलचित्रको प्रदर्शन सफल पार्न अहम भूमिका निर्वाह गर्नुभएको छ ।
चलचित्रको सफल प्रदर्शनपछि निकै हौसिनु भएकी काशी घलेले मादी न्युजसँग कुराकानीको क्रममा आफनो लक्ष्य भने चलचित्रको निर्माण पक्षमा संलग्न हुनु र भविष्यमा निर्देशन सम्म गर्ने रहेको भन्दै कलाकारिताबाट यात्रा शुरु गरेर अघिबढेमा आउने दिनमा सबै समस्यहरुसँग सहजरुपमा जुध्न सक्ने भएकोले कलाकारिताबाटै आफनो यात्रा शुरु गरेको बताउनु भयो ।
पोखराको अनुशिलन कला केन्द्रबाट नृत्य विधामा लामो समयसम्म प्रशिक्षण लिनुभएकी काशीले पोखरामा रहदा फेवा पार्क, वाटर फ्रन्ट, हिमालयन फ्रन्ट लगायतको कल्चर सेन्टरमा पनि व्यवसायीक नृत्य गर्नुभयो ।
अहिले भने उहाँ विगत ३ वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाएर कान्तिपुर फिल्म एकेडेमीमा अभिनय सम्बन्धी अध्ययन गर्दै आउनु भएको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08