ताजा खबर

फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे पोउवा संघको महानगरलाई सुझाव

   १३ फाल्गुन २०७७, बिहीबार २०:१७      1,112 views

पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकालाई फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापनपत्र बुझाएको छ ।

संघका वाणिज्य उपाध्यक्ष तथा फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार महानगरका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिनिधिमण्डलमा संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्यहरु शोभा गौतम, देवेन्द्र केसी, मुना बास्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङ्ग, भरत केसी, पवित्रादेवी गुरुङ, बालकृष्ण कोइराला, यमनाथ तिमिल्सिना र रुपनारायण भुजेलको सहभागिता रहेको थियो ।


संघले सोही सुझाव तथा ज्ञापनपत्र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई बाधार्थको रुपमा हस्तान्तरण गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै पोखरा महामनगरपालिकाका मेयर मानबहादुर जिसीले पार्किङको जिम्मा लिने कम्पनीको कामप्रति महानगर सन्तुष्ट नरहेको बताए ।

आफूलाई पार्किङ व्यवस्था नै मन नपरेको बताउँदै आउँदो आर्थिक वर्षमा ठेक्का सम्झौता नविकरण गर्ने÷नगर्नेबारे निर्णय गरिने बताए । बिदाको दिन, रातको समयमा र तोकिएका ठाउँबाहेक अन्यन्त्र पार्किङ शुल्क लिन नहुनेमा उनले सहमति जनाए ।

उद्योगी/व्यवसायीले पोखरालाई सुन्दर र व्यवस्थित बनाउन दिएको सुझाव स्वागतयोग्य रहेको बताउँदै मेयर जिसीले अध्ययनपछि कार्यान्वन सुरु गरिने आश्वासन दिए ।


१८ बुँदै सुझावलाई ज्ञापनपत्रको रुपमा बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले सर्वसाधारण र व्यवसायीको हितका लागि सुझावहरु दिएको जानकारी गराए । उनले संघ पोखराको व्यापार साझेदार पनि भएको स्मरण गर्दै पोखरा बिग्रँदाको दोषबाट महानगर मुक्त हुन पनि सुझाए ।

संघले बुझाएको सुझावमा सम्झौता नभएका ठाउँमा पार्किङ शुल्क उठाउन तत्काल बन्द गर्नुपर्ने,सडक सवारी साधन गुड्न र फुटपाथ मान्छे हिँड्न मात्र प्रयोग हुनुपर्ने, वैकल्पिक पार्किङको व्यवस्था गरिनुपर्ने र त्यस्तोमा मनासिव शुल्क लिनुपर्ने, अर्को व्यवस्था नभइञ्जेलसम्म सडकमा पार्किङ गर्दा पनि एकातिर गाडी र अर्कोतिर मोटरसाइकल राखिनुपर्ने,पार्किङ शुल्क घटाउनुपर्ने,नगर क्षेत्रका घरहरुको अण्डरग्राउण्ड पार्किङस्थल सोही प्रयोजनमा लगाउनुपर्ने,पार्किङ एप्स निर्माण गरी सोही एप्समार्फत् ट्राफिक र पार्किङबारे जानकारी गराउनुपर्ने,पार्किङ ठेक्का दिने कार्य नियमसंगत नभएकाले अन्त्य गर्नुपर्ने,पार्किङ शुल्क उठाउँदा बालश्रमको प्रयोग तत्काल रोकिनुपर्नेलगायतका विषय समेटिएका छन् । संघले उद्योगी/व्यवसायीहरुसँग विभिन्न चरणमा सुझाव संकलन गरी एकमुष्ठ रुपले साझा सुझाव महानगरलाई बुझाएको हो ।

बोधार्थपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बजार अनुगमन अनि जनता र व्यवसायीको हितको लागि प्रशासन सदैव तयार रहेको बताए । कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले तोकिएको क्षेत्रबाहेक अन्यत्र, बिदाको दिन र रातमा पार्किङ शुल्क उठाउने काम रोकिने बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284