फेवा महोत्सवको निम्ता बाँड्दै जाउँ है पोखरा अभियान सम्पन्न
पश्चिमाञ्चल होटल संघ पोखराले १७ बर्ष अघि सुरु गरेको जाउँ है पोखरा अभियान यसपटक नेपालका प्रमुख ४ शहरका व्यवसायीसँग छलफलसँगै फेवा नव बर्ष महोत्सव २०७६ को निम्ता बाँड्दै मंगलबार सम्पन्न भएको छ ।
काठमाडौं, जनकपुर, चितवन र भैरहवामा त्यस्ता कार्यक्रम आयोजना गरिएको थियो । होटल संघ नेपाल र गण्डकी प्रदेशले सघाएको अभियानलाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको थियो । काठमाडौंमा सम्पन्न कार्यक्रममा जाउँ है पोखरा अभियानले नेपालीमा घुम्ने बानीको विकास गरेको विषयमा चर्चा गरिएको थियो । यसैगरी सिता जन्मस्थल जनकपुरमा आयोजित कार्यक्रममा स्थानीय व्यवसायीले उक्त शहरबाट पोखरासम्म सिधा बस सेवा संचालन गर्न सके पर्यटकलाई सहज हुने भनाई राखेका थिए ।
चितवनमा आयोजित कार्यक्रममा सो क्षेत्रको सफारी पर्यटनलाई पोखराको प्राकृतिक सुन्दरता र लुम्बिनीको धार्मिकतासँग जोड्न सिल्भर ट्रयाङ्गलको प्रस्ताव अगाडि सारिएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा फेवा नव बर्ष महोत्सवका प्याकेजहरु– घुमघाम, मधुमास र शैक्षिक भ्रमण सार्वजनिक गरिएको थियो ।
अभियानका क्रममा नेपाल पर्यटन बोर्डका सदस्य एवं संघका सल्लाहकार विप्लव पौडेलले द्वन्द्वको कठिन अवस्थामा जाउँ है पोखरा अभियान सुरु गरिएको भन्दै यसले नेपाल भरि नै सकारात्मक प्रभाव पारेको भनाई राखेका थिए । यसैगरी भारतीय बजारका लागि चलिए पोखरा र तेश्रो मुलुकहरुमा समेत संघले प्रबद्र्धनका कार्यक्रम संचालन गरेको उनले सुनाए ।
आगामी दिनमा बंगलादेशमा समेत प्रबद्र्धनका कार्यक्रम गरिने जानकारी उनले दिए । बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले राज्यले नसोचेको समयमा आफुहरुले जाउँ है पोखरा अभियान सुरुवात गरेको भन्दै सो अभियान अहिले नेपाली पर्यटन क्षेत्रमा नमुना कार्यक्रम बन्न पुगेको भनाई राखे ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जाउँ है पोखरा जस्तो अभियानकै कारण पोखरामा अहिले आउने पर्यटक मध्ये ६० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहन पुगेको जानकारी दिए । आन्तरिक पर्यटन प्रबद्र्धनकै लागि संघले संस्कृति, खाना र संगीतलाई जोड दिंदै यही चैत २९ गतेदेखि आगामी बैशाख १ गते सम्म फेवा किनारको कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आयोजना गर्न लागेको जानकारी उनले दिए ।
गण्डकी प्रदेशले मनाईरहेको जारी आन्तरिक पर्यटन बर्ष २०१९ र फेवा महोत्सवको अवसरमा नियमित मेन्यूमा १५ प्रतिशत छुट प्रदान गरिएको जानकारी पनि संघले दिएको छ । महोत्सवमा एक लाख पर्यटक र सो भ्रमण बर्षका क्रममा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि सो अवसरमा सुनाइएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09