
फोनिजको २१औं स्थापना दिवसमा गण्डकी प्रदेशका दुई जना अग्रज पत्रकार सम्मानित
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले आज पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरि २१औं स्थापना दिवस मनाएको छ ।

दिवसको अवसर पारी फोनिजले गण्डकी प्रदेशका दुई जना अग्रज पत्रकारलाई सम्मान समेत गरेको छ ।
पोखराका समाजसेवी तथा व्यवसायी विमालमान गुभाजु र उहाँको परिवारद्धारा आफ्ना दिवंगत हुनुभएका बाबा वेदमान गुभाजु र आमा नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गर्नुभएको “कञ्चण पत्रकारिता पुरस्कार” बाट फोनिज कास्कीका संस्थापक अध्यक्ष रुद्रबहादुर थापा मगर र एभिन्युज टेलिभिजन बाग्लुङका संवाददाता राजेशचन्द्र राजभण्डारीलाई जनही नगद २५ हजार रुपैंया, ताम्रपत्र र दोसल्लाद्धारा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गर्नुभएको हो ।

थापा २०४२ सालदेखि र राजभण्डारी २०४५ सालदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
गुभाजु परिवारले फोनिज गण्डकीले सञ्चालन गर्ने गरि नगद ६ लाख रुपैंयाको अक्षयकोष स्थापना गरिदिएको छ । सो अक्षयकोषको चेक पनि परिवारद्धारा आजै संस्थालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा फोनिजका गण्डकी इञ्चार्ज हुमबहादुर गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
फोनिज गण्डकीका उपाध्यक्ष दिल श्रीष मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको थियो भने महासचिव रुद्रबहादुर श्रीष मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26