ताजा खबर

फोनिज गण्डकीमा एमबी आस्था मगर, शासकले बर्चश्व र जनताले अधिकारका लागि पहिचानः मुख्य मन्त्री गुरुङ

   ३० असार २०७६, सोमबार ०९:३९      1,142 views

हुम तमु

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा सम्पन्न प्रथम महाधिवेशनबाट कास्कीका एम बी आस्था मगरको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

समितिको उपाध्यक्षमा दिल शिरिष(बाग्लुङ), महिला उपाध्यक्षमा कमला रानामगर(नवलपुर), महासचिवमा कास्कीका रुद्रबहादुर श्रीस मगर, संगठन सचिवमा कास्कीकै खिमा गुरुङ, संस्थागत सचिवमा तनहुकी सुनिता थापामगर र कोषाध्यक्षमा तनहुँ कै सिर्जना राना मगर चयन हुनुभएको छ।

यसरी नै खुल्ला सदस्यहरुमा सुसान्त गाहा मगर(कास्की), धनबहादुर गुरुङ सुमन(कास्की), गणेश गुरुङ(म्याग्दी), तिलक गुरुङ(स्याङजा) चयन हुनुभयो। यस्तै गरी महिला सदस्यहरुमा मुना थापा मगर(नवलपुर), सूर्यकुमारी महतो(नवलपुरर), सुमन थापा मगर(कास्की)र संस्थागत सदस्यहरुमा मिना थापामगर(नेपाल मगर पत्रकार संघ), मनिलाल सरब्ज गुरुङ(तमु संचारकर्मी संघ) चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङले गराउनुभएको थियो भने प्रमुख निर्वाचन अधिकृत तिलक पुन पुर्जा, फोनिज उपाध्यक्ष देवका घर्ती मगर, महासचिव मनोज घर्ती मगर, सचिव तथा केन्द्रीय प्रतिनिधि मिलन लिम्बु, प्रदेश इञ्चार्ज लगायतले बधाई ज्ञापन गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष एम बी आस्थाले फोनिजलाई शसक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

नेतृत्व चयनका लागि फोनिजका पुर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार तिलक प्रसाद पुन पुर्जा मुख्य निर्वाचन अधिकृत र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र अधिवक्ता जुनाकुमारी गुरुङ अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको थियो।

यसरी नै बन्द सत्र व्यवस्थित गर्न फोनिजका उपाध्यक्ष देवका घर्ती मगरको अध्यक्षतामा प्रदेश नं. ३ इञ्चार्ज समिर बलामी, संघीय समिति सदस्य मिला दराई सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो। बन्द सत्रमा फोनिज प्रदेश इञ्चार्ज तथा तदर्थ समिति संयोजक हुमबहादुर गुरुङले गण्डकी प्रदेश तदर्थ समिति स्थापनादेखि वर्तमानसम्म गरेका गतिविधीसहितको प्रस्तुतसांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो। महाधिवेशनमा गण्डकी प्रदेशका ५८ प्रतिनिधिहरु सहभागी भएका थिए ,

यस अघि महाधिवेशन तथा कर्म–कर्ण आदिवासी जनजाति पत्रकारीता पुरस्कार–२०७६ अर्पण कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले परिवर्तनका उपलब्धिहरु संस्थागत हुन नसकेको भन्दै आदिवासी जनजातिहरु सचेत भई आफ्ना अधिकार र पहिचानका निम्ती जुट्नुपर्ने बताउनुभयो। उहाँले आदिवासी जनजाति पत्रकारहरुले आदिवासी जनजातिका मुद्धामा खरो रुपमा कलम चलाउनुपर्ने भन्नुहुदै मुलुक र प्रदेश समृद्धि बनाउन सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो।

पहिचान शासकले आफ्नो बर्चश्वको कायम र विभेदमा पारिएका समुदायले दुई ढंगले खोजिरहेको समेत उहाँको भनाई थियो। सबैको साझा बनाउनकै लागि गण्डकी प्रदेश नामाकरण गरिएको हो, उहाँको भनाई थियो। समाजसेवी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जनजाति पत्रकारको प्रोत्साहनका लागि स्थापित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार उदाहरणीय भएको भन्दै सम्मानित उदयबहादुर अमात्यलाई बधाई ज्ञापन गर्नुभयो।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले शुभकामना व्यक्त गर्नुहुदै समृद्धि, जनताका अधिकारका लागि पत्रकारहरु सधै क्रियाशील रहनु पर्ने भन्नुहुदै प्रदेशमा कानुन बनाउदा सरोकारवालाहरुसँग समन्वय गर्ने बताउनुभयो।

फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले शुभकामना व्यक्त गर्नुहुदै मिडिया काउन्सिल विधेयक र लोकसेवा आयोगको विज्ञापनले समावेशीताको अधिकार खोसिएको बताउनुभयो । उहाँले संघले मात्रै होइन प्रदेशले कानुन बनाउदा सरोकारवालासँग समन्वय गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो।

प्रदेश तदर्थ समितिको संयोजक तथा प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष शान्ति गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने स्वागत तदर्थ समितिका सदस्य तथा फोनिज तनहु अध्यक्ष प्रताप रानामगर र सञ्चालन फोनिज कास्कीका सचिव भुपाल गुरुङले गर्नुभएको थियो।

यसैबिच तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा स्थापित फोनिज कास्कीद्वारा वितरण गर्दै आएको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारीता पुरस्कार २०७६ बाट पोखराया भिन्तुनाका सम्पादक÷प्रकाशक उदयबहादुर अमात्यलाई अर्पण गरिएको थियो।विगत २० वर्षदेखि नेवारी भाषामा मासिक पत्रिका संचालन गर्दै आउनु भएका अमात्यलाई प्रमुख अतिथि मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पुरस्कारदाता कर्म तमु, फोनिज कास्कीका कार्यबाहक अध्यक्ष दिलप्रसाद तमु, आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, फोनिज संघीय अध्यक्ष डण्ड गुरुङ लगायतले १५ हजार नगद, सम्मानपत्र, भाङ्ग्रा, खादा लगायतले सम्मान गर्नुभएको थियो।

सम्मानित अमात्यले पुरस्कारले अत्यन्तै हौसला बढाएको भन्नुहुदै भाषा, पहिचान, अधिकारकाहरु सबै एक जुट हुनुपर्ने बताउनुभयो। उहाँले सञ्चार माध्यमहरुमा मातृभाषाका कार्यक्रमकालाई प्रदेश सरकारले सोच्नुपर्ने बताउनुहुदै कर्म तमुले स्थापना गरेको पुरस्कार प्राप्तले थप मिडिया क्षेत्रमा लाग्न प्रेरित गरेको भन्नुभयो।

पुरस्कार दाता कर्म तमुले आदिवासी जनजाति पत्रकारहरुलाई मिडिया तर्फ आकर्षण र मिडियामा आदिवासी जनजातिका आवाजका लागि पुरस्कार स्थापना गरेको बताउनुभयो।

कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापामगरले पुरस्कारका लागि छानिएका उदयबहादुर अमात्य र पुरस्कारदाता कर्म तमुको जीवनीका बारेमा बोल्नु भएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284