
फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न
तमु ल्होछार, फो ल्हो(मृग वर्ग) आगमनको अवसरमा तमु धिं नेपाल साँस्कृतिक उपसमितिद्धारा पोखरामा आयोजित फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ भव्यता साथ सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि तमु धिं नेपालका संरक्षक क्या.ढोलबहादुर तमुले फो ल्हो सार्वजनिक गर्दै उद्घाटन गर्नुभएको थियो।

पोखरा सभागृहमा आयोजित कार्यक्रममा तमु जातिको नयाँवर्ष, महान चाड ल्होछार आगमनमा पोखराका चर्चित गायक गायिकाहरुले गीत प्रस्तुती र विभिन्न साँस्कृतिक संघ संस्था तथा तमु समाजहरुबाट उत्कृष्ठ नृत्यहरु प्रस्तुतीमा दर्शकहरुमा रमेका थिए।कार्यक्रममा कर्ण दास, रामभक्त जोजिजु, धनबहादुर तमु, ज्ञानबहादुर थापा, हार्मोनी समुह, निसा तमु, नवगायिका सेण्ट मेरिज सिंगिङ स्टार २०१८ स्मृति तमुले गीत प्रस्तुति गर्नुभएको थियो।

यसरी नै नृत्यतर्फ हिमाली साँस्कृतिक परिवार, स्टार्ट स्टुडियो, चिसापानी टोल विकास संस्था, पैयुखोला तमु समाज, दुधपोखरी तमु समाज, पोंचोको तमु समाज, चिउली पार्चे तमु समाज, सिङदी तमु समाज, ४÷१ जि आर भु पू सैनिक परिवार र एक खट््टाले नाच्ने नृत्यङ्गना अञ्जना तमुले नृत्य प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा तमु धिं नेपालले संस्थाका संरक्षकहरु मेजर लक्ष्मीप्रसाद तमु र मेजर डिलबहादुर तमुलाई सम्मान गरिएको थियो। तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र प्रमुख अतिथि क्या.ढोलबहादुर तमुले फेटा, खादा, सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो। सामाजिक सेवामा योगदान पुर्याएर बापत तमु धिं युकेद्धारा आदर्श तमु २०१८ अवार्डबाट सम्मानित सोंपाल तमु समाजका समेत अध्यक्ष रहनुभएका मेजर लक्ष्मी प्रसाद तमुलाई सम्मान गरिएको हो।

यसरी नै इटालियन गैरसरकारी संस्थाबाट अन्र्तराष्ट्रिय समाजसेवी सम्मानबाट सम्मानित हुनुभएका तमु धिं नेपालका संरक्षक तथा बगालेटोल तमु समाजका पुर्व अध्यक्ष मेजर डिलबहादुर तमुलाई सम्मान गरिएको थियो।यसरी नै मुख्य प्रायोजक मेजर लक्ष्मीप्रसाद तमु÷हुमकुमारी तमु, सहप्रायोजक गोर्खा एण्ड बराह ज्वेलरी, विशेष प्रायोजक जगन तमु हिमालयन कम्प्युटर र तमु धिं युकेलाई प्रसंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि क्या.ढोलबहादुर तमुले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता अपरिहार्य भएकोमा जोड दिनुभयो। फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रमले नेपाली मौलिक लोक सँस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26