ताजा खबर

बंगलादेश प्रिमियर लिगमा सन्दीपको टिम सिल्हेट सिक्सर्सको खेल आज

   २२ पुष २०७५, आईतवार ०९:०४      2,158 views

बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश पुगेका सन्दीप लामिछानेले आजबाट बंगलादेश प्रिमियर लिग खेल्दैछन् ।

बंगलादेश प्रिमियर लिगमा आफ्नो टिमको पहिलो खेल सुरु हुनुभन्दा अगाडि शनिबार राति सिल्हेट सिक्सर्सले डिनर पार्टीको आयोजना गरेको थियो । डिनरमा सन्दीप प्रशिक्षक वकार युनिस, कप्तान डेभिड वार्नरलगायत टिमका अन्य खेलाडीसँग देखिएका थिए ।

पहिलो पटक प्रतियोगतामा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप पहिलो खेलमा नै टिममा सम्भावना अनुभवी लेग स्पिनर इमरान ताहिरका कारण ५०–५० प्रतिशत रहेको छ ।

बिग ब्याशमा चार खेलमा आठ विकेट लिएर बंगलादेश उडेका सन्दीपको टिम सिल्हेट सिक्सर्सले आज कोमिला भिक्टोरियन्ससँग खेल्नेछ । ढाकामा हुने यो खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । सन्दीपको पछिल्लो पटकका फर्मलाई बंगलादेशको भूमिमा पनि कायम राख्ने विश्वास सबैको रहेको छ । वकार युनिसको प्रशिक्षणमा रहेको सिल्हेट सिक्सर्सबाट सन्दीपले बीपीएल खेल्नछन् ।

डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वार्नरबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनबिर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284