ताजा खबर

बगर भइखलक एट ए साइड साइड जारी, पहिलो चरणका खेल सम्पन्न

   ९ माघ २०७५, बुधबार २२:०८      2,249 views

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”का पहिलो चरणका खेलहरु सम्पन्न भएका छन ।


बुधबार सम्पन्न खेलहरुमा किङ कम काठमाडौले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको । किङ कमका लागि हरिहर थापाले दुई गोल गरे । त्यसै गरि भारतको पाहुना टोली कोलकत्ता भेट्रानले नवलपरासी भेट्रानलाई ३–१ गोल अन्तरले पाखा लगायो । कोलकत्ताका लागि कमल भूनियाले ह्याट्रिक गरे भने नवलपरासीका लागि सूर्य भण्डारीले सान्त्वना गोल फर्काए ।


यसै गरि काठमाडौको चावहिल भेट्रानको खेलमा अजव श्रेष्ठले ह्याट्रिक गर्दा पश्त्रिम चितवन ४–२ गोलले स्तव्ध हुन पुग्यो । त्यसमा चावहिलका लागि उमेश लामाले थप एक गोल गरे भने चितवनका लागि बिजय लामाले २ गोल गरे । यता एक्स स्पोर्टस भेट्रान पोखराले काठमाडौको जोरपाटी भेट्रानको अगाडीको यात्रा ३–२ गोलले रोक्यो । एक्स स्पोर्ट्सका लागि भोजेन्द्र तामाङले एक र कुमार शेरचनले २ गोल गरे । जोरपाटीका लागि केलसाङ लामा र सुबिन राईले समान १–१ गोल गरे ।


सम्पन्न अन्य खेलमा अभिषेक चर्च नवलपुरले टाइ बे्रकरमा सानो गौचरण नाइट किङ काठमाडौलाई टाइ ब्रेकरमा ४–३ गोलले पराजित गरेको छ । निर्धारित समयमा सानो गौचरणका निमा लामा र नवलपुरका दिल खत्रीले आ–आफ्ना टिमका लागि १–१ गोल गरे पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । यसै गरि दिप युनाइटेडले भारतको सिलगुरी टिम मैदानमा नउत्रेपछि वाक ओभर पाएको प्राविधिक संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।


“्स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान पूmटवल प्रतियोगीता संचालन गर्दै आइरहेको उक्त प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको अध्यक्ष दिल बहादुर गुरुङले बताए ।


यहि माघ १२ गते सम्म नक आउटका आधारमा संचालन भइरहेको प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउने संस्थाका कोषाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


The Beatles - легендарная британская рок-группа, сформированная в 1960 году в Ливерпуле. Их музыка стала символом эпохи и оказала огромное влияние на мировую культуру. Среди их лучших песен: "Hey Jude", "Let It Be", "Yesterday", "Come Together", "Here Comes the Sun", "A Day in the Life", "Something", "Eleanor Rigby" и многие другие. Их творчество отличается мелодичностью, глубиной текстов и экспериментами в звуке, что сделало их одной из самых влиятельных групп в истории музыки. Музыка 2024 года слушать онлайн и скачать бесплатно mp3.

Written by Jerry1747 2024-02-12 01:42:09

The Beatles - легендарная британская рок-группа, сформированная в 1960 году в Ливерпуле. Их музыка стала символом эпохи и оказала огромное влияние на мировую культуру. Среди их лучших песен: "Hey Jude", "Let It Be", "Yesterday", "Come Together", "Here Comes the Sun", "A Day in the Life", "Something", "Eleanor Rigby" и многие другие. Их творчество отличается мелодичностью, глубиной текстов и экспериментами в звуке, что сделало их одной из самых влиятельных групп в истории музыки. Музыка 2024 года слушать онлайн и скачать бесплатно mp3.

Written by Catherine4722 2024-02-12 01:40:28

purchasing cialis online purchasing cialis online

Written by purchasing cialis online 2024-02-09 15:38:15
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284