बगालेटोल तमु समाजको ३७ औं वार्षिक साधारणसभा सम्पन्न
हुम तमु
पोखरा महानगरपालिका वडा नं.८ स्थित बगालेटोल तमु समाजको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

तमु धिं नेपालको क्षेत्रीय समाजमा रुपमा अत्यन्तै क्रियाशील समाजले कोरोना कहर बिच आवाश्यक भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको व्यवस्था गरी साधारणसभा सम्पन्न गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि समाजका जेष्ठ सदस्य ९१ वर्षिय तुलासिंह तमुले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको साधारणसभामा सचिव प्रेमबहादुर तमुले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनश्री तमुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
कार्यक्रममा बगालेटोल तमु समाजकी आमा समिति अध्यक्ष पञ्चकुमारी तमु हालै सम्पन्न तमु धिं नेपाल केन्द्रिय आमा समितिको सातौं वार्षिक साधारणसभा तथा दोश्रो महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा प्रमुख अतिथि तुलासिंह तमु खादा र क्रमुबाट सम्मान गर्नुभएको थियो।
समाजका अध्यक्ष दिलबहादुर तमुको अध्यक्षता, सचिव प्रेमबहादुर तमुले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, समाजका सल्लाहकार अध्यक्ष मेजर डिलबहादुर तमु, सम्मानित आमा अध्यक्ष पञ्चकुमारी तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष भक्तबहादुर तमुले स्वागत गर्नुभएको थियो।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38