
बजेट शतप्रतिशत कार्यन्वयन गर्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रतिबद्धता
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले विनियोजन गरेको सबै बजेट शतप्रतिशत कार्यन्वयन गर्न आफूहरु लागि पर्ने बताउनु भएको छ ।

प्रदेश सरकारले हिजो ३२ अर्ब १३ करोडको बजेट सार्वजनिक गरेपछि आज त्यहि सन्दर्भमा नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
यो बजेट यहि आर्थिक वर्षमा सम्पन्न हुन सक्ने काम र योजनामा मात्रै केन्द्रित रहेको भएपनि यसअघि गत वर्षमै योजना छनौट भएर काम शुरु भईसकेको पञ्चवर्षिया योजनालाई पनि निरन्तरता दिईएको उहाँले बताउनुभयो ।
जुन ठाउँमा जति रकम खर्च हुन सक्छ त्यहि आधारमा मात्रै बजेट विनियोजन गरिएको भन्दै धेरै जसो बजेट पर्यटन प्रबद्र्धनको कामलाई अगाडी बढाउन छुटाइएको उहाँको भनाई छ ।
आगामी वर्षदेखि विकास प्राधिकरण नै बनाएर राष्ट्रिय गौरवका आयोजनालाई अगाडी बढाउने प्रदेश सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।
यस वर्ष ३ अर्ब २८ करोड आन्तरिक राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेको भन्दै यो लक्ष्यको करिब ६० देखि ७० प्रतिशत रकम यातायात क्षेत्रबाट पूर्ति हुने बताइएको छ ।
जसको लागि अब गण्डकी प्रदेशभित्र गुडने सबै सवारी साधनहरु गण्डकीमै दर्ता हुनुपर्ने नियम बनाउन लागेको भन्दै यसवर्ष भित्र अरु प्रदेशमा दर्ता भएको गाडीलाई गण्डकीमा सरुवा गर्नुपर्ने र जसको लागि नविकरणमा २५ प्रतिशत छुट दिइने समेत बताउनु भयो ।
आगामी वर्ष करिब ५ अर्ब आन्तरिक राजस्व संकलन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको समेत उहाँले बताउनुभयो ।
यसवर्ष प्रत्येक निर्वाचन क्षेत्रलाई विकास कार्यक्रम अन्तरगत २ करोड रुपैंया बजेट छुटयाएको भन्दै त्यो रकम कुनै एक जना सांसदको मात्र नभई त्यो क्षेत्रभित्र पर्ने सबै समानुपातिक सांसदको समेत सहभागिता र छलफलमा योजना बनाएर खर्च गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई एक हजार शैयको बनाउने गरि यसै वर्षदेखि स्तर उन्नतिको काम समेत शुरु गरिने उहाँले बताउनुभयो ।
पर्यटनसँग सम्बन्धीत सबै क्षेत्रहरुमा प्रवेश शुल्कलाई कडाईका साथ लागु गरिने र त्यो रकम पर्यटनकै क्षेत्रमा खर्च गरिने मन्त्री गुरुङको भनाई छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52