
बजेट शतप्रतिशत कार्यान्वयन गर्छौ– मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेट शतप्रतिशत पारित हुने दाबी गरेका छन् ।

प्रदेश सभा बैठकलाई शुक्रबार विशेष संवोधन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘आगामी बर्ष शतप्रतिशत बजेट कार्यान्वयन गर्ने भनेका छौँ, नभए ९५ प्रतिशत भन्दा माथी नै हुन्छ ।’
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत संसद मार्फत २ करोड खर्च गर्ने कुरा गलत भएपनि बजेटमा राख्न बाध्य भएको उनले बताए । संसदको काम सरकार बनाउने भएपनि निर्वाचन प्रणालीका कारण संसद मार्फत नै विकास खोजिने वातावरण भएकाले बजेटको व्यवस्था गरेको उनले बताए ।
‘अघिल्लो बर्ष बजेटमा नराखेपनि यस बर्ष हामी अलि प्रतिगामी भएका छौँ, मुख्यमन्त्री गुरुङले भने, यसलाई हटाउन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ बजेट माथीको छलफलका क्रममा सांसदहरुले गहकिला सुझाव दिएको भन्दै उनले सांसदहरुलाई धन्यवाद दिए ।
जिल्ला समन्वय समितिले अनुगमन गर्ने भुमिका बढाउन सबै जिल्ला समन्वय समितिहरुलाई ५÷५ लाख रुपैयाँको व्यवस्था गरेको उनले बताए । अहिले बजेट थोरै भएपनि आगामी बर्ष बढाउने उनको भनाई छ ।
प्रदेश लोकसेवा आयोग बनाउन ३ करोड रुपैयाँ व्यवस्था गरेको भन्दै उनले अब प्रदेशलाई आवश्यक कर्मचारी आयोग मार्फत भर्ना गरिने बताए ।
विकास निर्माणका काम प्रभावकारी बनाउन प्रदेश विकास प्राधिकरण बनाउने योजना समेत रहेको मुख्यमन्त्री गुरुङले खुलाए । प्राधिकरणले विकास निर्माणका कामलाई छिटो छरितो बनाउन र प्रदेश गौरवका आयोजना पहिचान गरी अध्ययन गर्न यस्तो प्राधिकरण बनाउन लागेको बताए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26