
बन्दुकबाट विप्लव र सत्ताको आडमा ओलीले देश लुटेको काँग्रेस नेता केसीको आरोप
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बन्दूकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा हिजो आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लव माओवादीले सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्द्वमा धकेलेको आरोप लगाएका हुन् । उनले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाए पनि पार्टीमाथि लगाउन प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक पक्रिया भएको बताए । यता, सरकारले भने सत्ताको दुरुपयोग गरेको उनको आरोप छ ।

पूर्व मन्त्री समेत रहेका केसीले भने, जनताको सुरक्षा र स्वतन्त्रता गर्ने दायित्व सरकारको हो कानुन अनुसार विप्लव समूहलाई कारबाही हुनुपर्छ । तर पार्टीमाथि प्रतिबन्ध गर्नुहुदैन ।
उनले विप्लव समूहको गतिविधिमाथि हो वा पार्टीमाथि हो सरकारले स्पस्ट गर्न जरुरी छ भने । उनले विप्लव समूहलाई सरकारले वार्ता र छलफलको माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनु सक्नु पर्छ । सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमति गर्नु नाटकीय रुप भएको आरोप लगाए ।
उनले भने, सम्झौतामा सिके राउतले प्रधानमन्त्री ओलीलाई प्रयोग गरे । सिके राउतको सहमतिपत्रको विरुद्ध नेपाल विद्यार्थी संघले आन्दोलनको सुरुवातको गरेको बताए ।
केपी नेतृत्वको सरकारले शान्तिसुरक्षा, महँंगी, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप उनको थियो । सरकारले विकास निर्माण, रोजगारी, समृद्धि दिन सकेको छैन, यो सरकार पूर्ण रुपमा असफल भइसक्यो उनले भने ।
वाईडबडीबारे बोल्दै उनले भने, भ्रष्टाचारी जुन पार्टीको भए पनि भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो । त्यसलाई छोड्नुहुदैन । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएकोकार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09