ताजा खबर

बागलुङमा जीप दुर्घटना : तीनको मृत्यु

   ७ फाल्गुन २०७५, मंगलवार २१:५०      3,837 views

बागलुङ : जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन। 

जीपमा करिव २५-३० जना यात्रु रहेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले जानकारी दिए। 

सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन। रात परेका कारण उद्धारमा समस्या भएको अध्यक्ष शर्माको भनाइ छ।  

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284