बागलुङ–पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगेपुलको शिलान्यास
बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगेपुलको शिलान्यास गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सो पुलको शिलान्यास गरेका हुन् ।
चीनबाट प्रविधि ल्याएर पुल निर्माण
उनले पुल निर्माणले स्थानीयको दैनिकी सहज हुने भन्दै यति लामो पुल बनाउने प्रविधि नेपालमा नभएकाले चीनबाट प्रविधि ल्याएर पुल निर्माण गरिने जानकारी दिए ।
कालीगन्डकी नदीमाथि निर्माण हुने ५६७ मिटर लामो पुल १६० मिटर उचाइमा बन्न लागेको हो ।
नेपालमा ३६० मिटरभन्दा लामा झोलुंगेपुल नबनेकाले यसखालको पुल पहिलोपटक बन्न लागेको सस्पेन्सन पुल विभागका इन्जिनियर टोपबहादुर बानियाँले जानकारी दिए ।
७ करोड ९७ लाख लागत
सस्पेन्सन पुल विभागमार्फत् भएको बोलपत्रअनुसार कामको जिम्मेवारी थानी रबि एलटी र हिमशिखर जेभी निर्माण कम्पनीले संयुक्तरूपमा पाएपछि काम अगाडि बढेको बागलुङ नगरपालिकाले जनाएको छ ।
७ करोड ९७ लाख रूपैयाँ लागतमा निर्माण हुने भनिएको पुल वि.सं. २०७७ साल असार मसान्तसम्ममा सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
बागलुङ र पर्वत जोड्ने गरी बन्न लागेको यस किसिमको लामो पुल दक्षिण एसियामा नै पहिलो पुल भएको इन्जिनियर बानियाँले बताए ।
चीनबाट लठ्ठा तान्ने बिइन्च मेसिन खरिदको प्रक्रिया अर्थ मन्त्रालयमार्फत् अगाडि बढाइएको बताइएको छ ।
बागलुङको बागलुङ नगरपालिका–१, सहिदपार्कदेखि पर्वतको कुश्मा नगरपालिका–१, पाङ, अदुवाबारी जोड्ने गरी पुल निर्माण गरिँदैछ ।
२०५९ सालदेखि नै प्रयास
२०५९ सालदेखि नै बागलुङ र पर्वतको पाङ जोड्ने पुल निर्माणका लागि पटक–पटक प्रयास भएपनि पुल लामो दूरीको हुने भएकाले लठ्ठा तान्ने प्रविधि नेपालमै नभएको भनेर रोकिँदै आएको थियो ।
यो पुल निर्माणपश्चात् बागलुङबाट पर्वतको पाङसम्मको पैदल दूरी ३० मिनेट कम हुने जनाइएको छ
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09