
बाग्लुङमा आदर्श सञ्चार सहकारीद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग
९८ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई संस्थाले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको छ ।
अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत पहिरो पीडित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिनुभयो ।
दिवसका अवसरमा गरिने औपचारिक कार्यक्रमको सट्टामा पहिरो पीडितलाई सानै भए पनि सहयोग गर्दा राहत हुने भएकाले सहयोग गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।
बागलुङ जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले पहिरो पीडित परिवारलाई तीन बोरा चामल, एक कार्टुन तेल, दश केजी नून वितरण गरेको आदर्श सञ्चार सहकारीका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
संस्थाका शेयर सदस्य राजु गौतमले पीडित परिवारलाई खाद्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52